मलेसियामा अर्का एक नेपालीले ज्यान गुमाए

क्वालालम्पुर, वैदेशिक रोजगारीका लागी मलेसिया आइपुगेका नवलपरासीका एक युवाको विहीवार सुतेको सुत्यै अवस्थामा मृत्यु भएको छ । नवलपरासी रुचोङ्गका श्याम बहादुर मगरको मलेसियाको केपुङ्गमा मृत्यु भएको हो । केपुङ्गको प्रो स्टाट मेनोफेक्चरीङ्ग कम्पनीमा कार्यरत उनी विहान ओछ्यानमा मृत अवस्थामा थिए । ३ वर्षदेखि सो ठाउँमा कार्यरत मगरको शव हाल स्थानीय अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पु¥याएर उनको शवलाई नेपाल फर्काउने तयारी भइरहेको उनका साथी दिपक सुनखरी मगरले जानकारी दिएका छन् । उनका घरमा एक छोरी, एक छोरा रहेको वुझीएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय