साउदीमा ६ बर्षदेखि तलव नपाउँदा …………..

रियाद, एक भारतीय घरेलु कामदारलाई ६ बर्षदेखि उनका रोेजगारदाताले साउदी अरबमा तलव नदिइ काममा लगाएको भेटिएको छ । उनी अहिले आफूले पाउनु पर्ने रकमको माग गर्दै प्रहरीमा पुगेकी छिन् ।

केरलाकी सामसुमा नामकी ति महिलालाई मासिक ९ सय रियाल तलव दिने शर्तमा काममा लगाइएको थियो । पछि त्यसलाई घटाएर रोजगारदाताले ७ सय बनाइदिएका थिए ।

उनले सुरुमा ४ महिना तलव पाएपनि त्यसपछि उनलाई तलव दिन रोकिएको ति महिलाले बताएकी छिन् । उनका अनुसार उनलाई कसैसँग पनि भेट्न र फोनमा कुराकानी गर्न बन्देज लगाइएको थियो ।

अघिल्लो महिना छिमेकमा एकजना भारतीय कामदार भेटिए जसले ति महिलालाई घरमा सम्पर्क गरी साउदीमा रहेको भारतीय दुतावासमा लिखित निवेदन दिन सुझाव दिए । ति व्यक्तिको सहयोगमा ति महिलाका परिवारले दुुतावासमा निवेदन दिएपछि भारतीय दुतावासको पहलमा प्रहरीले उनको खोजी गरी उद्धार गरेको थियो ।

साउदीमा रहेको भारतीय दुतावासका सहचारी जेके दलपतिले रोजगारदातासँग सम्पर्क गरी ति महिलाको उद्धार गर्न आफूहरु सफल रहेको बताएका छन् । दलपतिका अनुसार ति रोजगारदाता ३३ हजार रियाल(झण्डै रु. ९ लाख) तिर्न सहमत भएका छन् । यसैगरी ति महिलाको घरफिर्तिको व्यवस्था र टिकट दिन पनि रोजगारदाता सहमत भएका छन् ।

त्यसका लागि तीन हप्ताको समय मागेपनि रोजगारदाता सहमति कार्यान्वयनका लागि उदासिन देखिएको दलपतिले बताएका छन् । उद्धार गरिएकी ति महिलालाई हाल दुतावासले आफ्नो सेल्टरमा राखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय