कतारमा ज्यान गुमाए एक नेपालीले

कालीकोट- एक वर्षअघि कामका लागि कतार गएका कालीकोटका एक युवकको मृत्यु भएको छ। काठमाडौँस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी दुई दिनअघि सार्कीको मृत्यु भएको हो।

उनी कतारको दोहास्थित अल्मुसरी कम्पनीमा लेबरका रुपमा काम गर्दथे । नेपालस्थित म्यानपावर कम्पनीले अनुसार घटनाका सम्बन्धमा कतार प्रहरीले अनुसन्धान थालेकाले घटनाको खास कारण अहिले नै भन्न नसकिने बताइएको छ।

मृतक अम्बे सार्कीका आमा, बुबा, एक भाइ, श्रीमती, एक छोरा र एक छोरी छन्। उनी गाउँकै सरस्वती माविमा कक्षा १० मा अध्ययन गर्दागर्दै एकपटक मलेसिया गएर फेरि कतार गएका थिए। विदेश जाँदा निकालेको साहुको ऋण चुक्ता गर्न नपाउँदै छोराको मृत्यु भएको खबरले घरपरिवार भावविह्वल भएका छन्। रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय