
काठमाडौं, रोजगारीका लागि मलेसिया गएका दोलखाका एक युवाको सडक दुर्घटनामा परेर ज्यान गएको छ । दोलखाको क्षेत्रपा गासवस वडा नं ९ का प्रकाश कार्कीे गत बुधवार कम्पनीमा काम गर्न जाने क्रममा बाटो काट्दा सडक दुर्घटनामा परेका थिए ।
रातीको ड्यूटीका लागि कम्पनीतर्फ जाँदै गरेका उनलाई तिब्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको जानकारी पाएका मृतकका बाबु खम्वध्वज कार्कीले बताए । उनलाई रातो बत्ती बलेको समयमा बाटो काट्न लाग्दा मोटरसाइकलले हिर्काएको बताइएको छ ।
घाइते भएका उनको अस्पतालमा निधन भएको जानकारी मलेसियामा रहेका आफन्तहरुले दिएको कार्कीको भनाई छ ।
घाइते भएका उनलाई जोहरबारुमा रहेको सुल्तान अस्पतालमा लगिएको थियो ।
उनको त्यहिं निधन भएको जनाइएको छ । ५/७ दिनमा शव नेपाल पठाउने व्यवस्था मिलाउने कम्पनीले भनेको छ रे, अव त्यहि पर्खिदै छौं मृतकका बाबु कार्कीले भने ।
मृत्यु भएका प्रकाश गत फागुन २५ गते मलेसिया गएका थिए ।
उनलाई पठाउन झण्डै दुई लाख खर्च भएको र प्रकाशले जाँदा लागेको खर्च समेत नेपाल पठाउन भ्याएका थिएनन् ।
उनका दाजु धनबहादुर कार्की रोजगारीको सिलसिलामा कतारमा छन् ।
धनबबहादुर फागुन २८ गते कतार उडेका थिए ।
‘एकै महिना विदेश उडाएका दुई छोरामध्ये एक छोराको यस्तो खवर सुन्नु पर्यो’ टेलिफोनमा खम्वध्वजले भने ‘खै हामीजस्ता दुःखीलाई सुख नलेखेको त होला नी ।’
बुधवार दिउँसो २ बजे मृत्यु भएका उनको शवलार्ई आवश्यक प्रकृृया पुर्याएर आगामी बुधवारसम्ममा नेफाल फर्काउने कम्पनीले जनाएको छ ।