
दोहा, झण्डै तीन दर्जन स्वयंसेवक अहिले कतारमा व्यस्त छन् । उनीहरु सडक बनाइरहेका, भवन बनाइरहेका र सरसफाईमा व्यस्त कामदारलाई भेट्न गइरहेका छन् ।
उनीहरु कतार रेड क्रिसेण्टका तर्फबाट खटिएका हुन् । उनीहरु एउटा लोककल्याणकारी कामका लागि खटिंदै छन् ।
सहयोेगको कार्यक्रमलाई तीन भागमा बाँडिएको छ । पहिलोे चरणको कार्यक्रम डिसेम्वर १५ तारिखमा सकिइसक्यो । सो चरणमा १० हजार कामदारलाई खानेकुरा बाँडियो । अव अंग्रेजी नयाँ बर्षको दिन अर्थात सन् २०१५ को जनवरी १ तारिखका दिन थप १० हजार कामदारलाई पानी तथा जुस वितरण गर्ने योजना बनाइएको छ ।
सहयोग कार्यक्रमको अन्तिम चरणमा जनवरीको मध्यमा ३ हजार व्यक्तिलाई स्वास्थ्य सम्वन्धि सामग्री वितरण गर्ने योजना बनाइएको छ । सहयोगी समुहका तर्फबाट नजात अल हैदुसले कठिन श्रम गरिरहेका कामदारको सम्मान स्वरुप यो कार्यक्रम गरिएको बताएका छन् ।
हरेक बर्ष कतारमा श्रमिकलाई यसरी नै विभिन्न सरसहयोगका सामग्री वितरण गर्न प्रोत्साहित गरिंदै आएको छ । तर आलोचकहरुले भनें श्रमिकलाई राम्रो काम र तलव दिइएमा उनीहरु आफैं यस्ता सामानको उपभोगका लागि सक्षम हुने भन्ने गरेका छन् ।
तपाईको भनाई लेख्नुहोस्