कतारमा हरेक महिना १५ जना नेपालीको मृत्यु

काठमाडौं, सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि रंगशाला निर्माणका क्रममा हरेक दुई दिनमा एक नेपालीले ज्यान गुमाउने गरेको तथ्य बाहिर आएको छ ।

कतारमा नेपाली लगायत आप्रवासी कामदारको अवस्थाका बारेमा पछिल्लो समयमा लगातार लेखिरहेको बेलायती चर्चित पत्रिका गार्जियनले मंगलबारको अनलाइन संस्करणमा कतारमा रंगशाला बनाइरहेका नेपालीले त्यसरी ज्यान गुमाइरहहेको लेखेको छ । Nepal 2

गार्जियनले लगातार समाचार लेखेपछि आत्तिएको कतारले गत बर्ष त्यहाँ मजदुरको अवस्थामा सुधार गर्न केहि सुधारका कार्यक्रम घोषणा गरेको थियो । ति कार्यक्रमहरु जनवरी आगामी महिनादेखि नै सुरु हुने दुई हप्ता अघि मात्र कतार सरकारका तर्फबाट प्रतिवद्धता जनाइएको थियो ।

मानवअधिकार संगठनहरुले घण्टौंसम्म ५० डिग्रीमाथिको तापक्रममा काम गर्दा त्यसले मजदुरमा पार्ने असरबारे थालिएको जाँच समेत पर्याप्त नभएको बताएका छन् ।

मानवअधिकारकर्मीहरुले साधारण खालको सुधारमा मात्र कतार केन्द्रित भएको आरोप लगाउँदै आएका छन् ।

FBL-WC-2022-ETHICS-QATARवैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई उधृत गर्दै गार्जियनले लेखेको समाचारमा सन् २०१४ जनवरीदेखि नोभेम्बरभित्रमा रंगशाला निर्माणमा संलग्न १ सय ५७ नेपाली श्रमिकले ज्यान गुमाइसकेको उल्लेख छ ।

नेपाली अधिकारीहरुले सन् २०१३ भरीमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउनेको संख्या १ सय ८८ भन्दा माथि रहेको थियो । यो वर्ष त्यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

उच्च तापक्रममा लामो समयसम्म काम गर्ने मजदुरको घातक गर्मीले अत्याधिक जोखिम बढाउँछ’, मध्यपूर्वी एसियाका शोधकर्ता तथा अधिकारकर्मी निकोलस म्याहनले भने, ‘श्रमिकको यो अवस्थाले ज्यान गुमाउनेको संख्या अझै बढ्दै जाने संकेत गर्छ ।’

आप्रवासीको मृत्युको कारण उनीहरुले गर्ने कार्यस्थलको वातावरण पनि रहेको अधिकारकर्मीहरुको भनाइ छ । अधिकारकर्मीले गत वर्ष गठन भएको छानविन समितिको प्रतिवेदन कार्यान्वयनमा कतार सरकारले कुनै चासो नदिएको निष्कर्श निकालेका छन् । सरकारले मजदुरको अवस्था सुधारिरहेको बताइरहँदा सन् २०१२ र २०१३ नेपाल, भारत र बंगलादेशका ९ सय ६४ जना मजदुरको ज्यान गएको तथ्य कतार सरकारले नै बनाएको छानविन समितिले पुष्टि गरिसकेको छ । सुधार कहिले होला त ? तपाईको बिचार लेख्नुहोस् 

यहि समाचार गार्जियनसँगै टाइम्स पत्रिकाको अनलाइन संस्करणले समेत लेखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय