मलेसियामा एक नेपालीको मृत्यु

इलाम, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्ट्रिक लगायतका कारण गत शुक्रबार मृत्यु भएको उनका काका कृष्णले जानकारी दिुएका छन् ।

मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक वर्षदेखि कार्यरत लिम्बूको शव नेपाल ल्याउन पहल गरिदिन परिवारजनले नेपाली दूतावाससँग अनुरोध गरेका छन् ।

तीन वर्षसम्म कम्पनीले प्रवेशाज्ञा नवीकरण गर्नुपर्ने भए पनि नवीकरण नगरिदिएका कारण उनी अवैधानिक तरिकाले मलेसिया बस्दै आएका थिए ।

नेपाल जापान डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: