साउदीमा रोजगारदाता छोडेर भाग्ने पक्राउ

रियाद, साउदी अरबमा अवैध रुपमा बसेर काम गरिरहेकाहरुलाई पक्राउ गर्ने क्रम तिब्र पारिएको छ । प्रहरीका अनुसार यो महिना मात्र अवैध रुपमा बसिरहेका ४ हजार ७ सय ६५ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता अति बिन अतियात अल कुरैसीका अनुसार भिषाको म्याद गुज्रिएर पनि बसिरहेका तथा रोजगारदाता छोडेर भागेकाहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सम्वन्धित देशमा फर्काउने प्रकृया अघि बढाउन सम्वन्धित निकायमा पठाइएको छ ।

प्रहरीले अवैध रुपमा बसिरहेकाहरुलाई रोजगारमा लगाउने रोजगारदाता, कम्पनीहरु तथा साउदीका नागरिकलाई समेत काममा नलगाउन चेतावनी दिएको छ । त्यसरी काममा लगाएको भेटिएमा रोजगारदाता तथा कम्पनीहरुलाई समेत कडा कारवाही गर्ने चेतावनी प्रहरी प्रवक्ता कुरैसीले दिएका छन् ।

धेरैजसो कामदार बरुदिया, अल रास तथा उनिजाबाट पक्राउ परेको र अवैध रुपमा बसिरहेका कामदारको खोजीको क्रम चलिरहेको प्रहरीले जनाएको छ । त्यसरीप् पक्राउ पर्नेहरु विभिन्न देशका नागरिक भएको प्रहरीले बताए पनि कति संख्यामा कुन देशका नागरिक छन् भन्ने खुलाइएको छैन ।

साउदीका श्रम मन्त्री आदिल फाखेईले अघिल्लो हप्ता कुनै पनि हालतमा अवैध कामदारलाई साउदीमा बस्न नदिइने बताएका थिए । पछिल्लो एक महिनायता साउदीमा अवैध रुपमा बसिरहेका आप्रवासी कामदारको खोजी र स्वदेश फर्काउने क्रम तिब्र छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: