बहराइनको बाटो भएर महिलालाई घरेलु काममा साउदी पठाईंदै

काठमाडौं, साउदी अरबमा घरेलु कामदारका रुपमा महिलाको चर्को अभाव भएपछि मानव तस्करको धन्दा फष्टाएको छ । मानव तस्करले दैनिक रुपमा अवैध बाटो भएर साउदी भित्रियाएका ३० जना महिला पक्राउ पर्ने गरेको स्थानीय प्रहरीलाई उध्रित गर्दै अरब न्यूजले समाचार लेखेको छ ।

स्थानीय मेनपावरहरुका अनुसार त्यसरी भित्रियाइने महिलाहरुमा बहराइनको बाटो हुँदै साउदी अरबको पूर्वी सीमाना मार्फत ल्याइने गरेका छन् । यसरी महिलालाई अवैध बाटोबाट ल्याउने काममा स्थानीय मेनपावर कम्पनीहरु नै संलग्न रहने गरेको भेटिएको समाचारमा जनाइएको छ ।

नेपाल लगायतका एसियाली देशहरुले साउदी अरबमा घरेलु काममा महिलालाई जान प्रतिवन्ध लगाएको अवस्थामा केहि अफ्रिकी देशहरुले समेत प्रतिवन्ध लगाएपछि घरेलु कामदारको अभाव चर्र्किएको हो ।

साउदी चेम्वरको मेनपावर तथा लगानी सम्वन्धि विभाग हेर्ने सादी बदाहका अनुसार कतिपय महिला भनें अन्य खाडीका देशमा पर्यटक भएर छिर्ने र त्यहाँबाट साउदी पस्ने गरेका छन् ।

त्यसरी आउनेहरुले हरेक तीन महिनामा भिषा नविकरण गर्ने गरेका छन् ।

साउदी अरबको श्रम मन्त्रालयका प्रवक्ता तासिर अल मुर्फिजले त्यसरी नियम उल्लंघन गरी साउदी अरबमा पस्नेहरुलाई कडा कारवाही गरिने बताएका छन् ।

यसैगरी अवैध बाटो भएर महिला कामदार ल्याउने र रोजगारदातालाई उपलव्ध गराउने कम्पनीहरुलाई इजाजत पत्र रद्ध गर्नेसम्मको कारवाही गरिने चेतावती दिइएको छ ।

तर घरेलु कामदारको चर्को अभाव भोगिरहेको साउदी अरबले मानव तस्करी रोक्न खासै सक्रियता देखाउनेमा भनें शंका नै छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: