युएईमा आत्महत्या गर्न खोज्ने महिला घरेलु कामदारलाई सजाय

रसअल खेइमा, रसअल खेइमाको एक अदालतले आत्महत्याको उद्धेश्यले डिजेल खाने एक घरेलु कामदार महिलालाई एक महिनाको जेल सजाय सुनाएको छ ।

आइतवार विहान गरिएको सो फैसला अनुसार ति एशियाली देशकी महिलालाई आत्महत्याको प्रयास गरेको ठहर गर्दै सो सजाय सुनाइएको हो गल्फ न्यूजले खवर लेखेको छ । त्यसरी आत्महत्या गर्न खोज्ने महिला कुन देशकी हुन् भन्ने खुलाइएको छैन ।

गत महिना ति महिलाले ठूलो परिमाणमा डिजेल खाएकी थिइन् । उनले डिजेल खाएपछि आफ्नी आमासँग टेलिफोनमा कुराकानी पनि गरेकी थिइन् । त्यसलगत्तै घरधनीले सो घटनाका बारेमा थाहा पाएका थिए । रोजगारदाताले ति महिलालाई तुरुन्तै अस्पताल पुर्याएका थिए, जहाँ उपचारपछि उनी ठिक भएकी थिइन् ।

उपचारपछि उनलाई अदालतमा पेस गरिएको थियो जहाँ उनलाई आत्महत्याको प्रयास गरेको अभियोग लगाइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय