साउदीमा महिलाको तस्करी बढ्यो

रियाद, एसियाली देशहरुले घरेलु काममा पठाउन महिलालाई बन्देज लगाएपछि साउदी अरबमा घरेलु कामदारको चर्को अभाव भएको छ । यसले साउदीमा महिला कामदारको तस्करी मार्फत आपूर्ती हुन थालेको छ ।

अरब न्यूजका अनुसार घरेलु कामदारको चर्को अभाव भएपछि अवैधानिक बाटोेबाट कामदार ल्याउने काम तिब्र भएको हो । नेपाल लगायतका एसियाली देशहरुले घरेलु काममा महिला कामदार पठाउन रोक लगाएपछि साउदीमा अभाव चर्किएको थियो ।

इथियोपिया र केन्याले समेत हालसालै महिला कामदार पठाउन पूर्ण रुपमा बन्देज लगाएपछि घरेलु महिला कामदारको चर्को अभाव छ । ति अफ्रिकी देशहरुले घरेलु कामदार पठाउन रोक्दै त्यसरी कसैलाई पठाएमा कडा कारवाही गर्ने चेतावनी आफ्नो देशका मेनपावर कम्पनीहरुलाई दिएका छन् ।

यसले मानव तस्करहरुको धन्दा साउदीमा मौलाएको हो । साउदीमा हिंसाका घटना धेरै बढेपछि एसियाली देशसँगै अफ्रिकी देशहरुले समेत घरेलु काममा महिला कामदार पठाउन रोकेका हुन् । यसले कामदारको माग र आपूर्तीमा गहिरो खाडल ल्याएको साउदी अरबका अर्थशास्त्री खलिल शेखले बताएका छन् ।

यसरी विभिन्न देशले घरेलु कामदार पठाउन रोकेपछि महिला कामदारका लागि महंगो शुल्क सुल्न थालिएको छ । साउदीमा रहेका लेवर सप्लाई कम्पनीहरुले घरेलु कामदार उपलव्ध गराउन ४० प्रतिशतसम्म शुल्क बढाएका छन् ।

बैधानिक बाटोबाट रोजगारीमा आउन रोकिएपछि मानव तस्करहरुले विभिन्न देशको बाटो हुँदै केहि महिलालाई साउदी अरबसम्म पुर्याउन थालेको अरब न्यूजको समाचारमा जनाइएको छ । त्यसरी लगिने मध्ये धेरैजसो निरक्षर भएका, सीप नभएका तथा अरबको मौषम, हावापानी तथा चालचलन नबुझेका हुने गरेका कारण उनीहरुले दुःख पाइरहेका छन् ।

हामीसँग अवैधानिक रुपमा साउदी अरब छिरेका महिलाका लागि महंगो रकम तिर्नुको विकल्प छैन, किनकी कम्पनीहरुले कामदार दुई महिना बित्दासमेत उपलव्ध गराउन सकेका छैनन् । त्यसैले हामीले एक अवैधानिक रुपमा साउदी अरब आइपुगेकी महिलालाई घरेलु कामदारका रुपमा राख्यौं एक स्थानीय नागरिक अबु अहमदले भनेका छन् । त्यसरी ल्याइनेमा धेरैजसो सोमालिया र इण्डोनेसियाका महिला हुने गरेको जनाइएको छ ।

तपाईको भनाई लेख्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय