‘यौन सम्पर्कका लागि’ भन्दै एसएमएस पठाउनेलाई कारवाही गरिने

काठमाडौं, पुस ७ तेर दे जोम फाउण्डेसन लोनाज (टिडिएच) नामक संस्थाले खुलेआम यौन व्यवसाय सम्बन्धी एसएमएस पठाएर उपत्यकाबासीलाई भ्रममा पार्ने र त्रास फैलाउने काम गरेको छ । यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको बताउँदै आएको उक्त संस्थाले एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई त्यस्तो एसएमएस पठाएको थियो ।

बिभिन्न बिदेशी नम्बरहरुट +४४७०३४३६१०, +४४७४००३४३६५५ बाट आएको उक्त एसएसमएस उपत्यकाबासीमाझ चर्चाको विषय बनेको थियो । प्रहरी प्रशासन कार्यालय र सरोकारवाला निकाय कसैसंग पनि अनुमति नलिईकनै तीन लाखलाई यस्तो एसएमएस पठाइएको थियो ।

काठमाडौं उपत्यका भित्र किशोर किशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१, ९८०८९७०१११ मा फोन गर्नुहोला । भन्ने सन्देश शुक्रबारदेखि मोवाइलमा आउन थालेपछि प्रहरीलाई समेत जानकारी भएको थियो ।

एसएसमएसले आमजनतामा नकारात्मक असर पारेको जानकारी पाएपछि संस्थाले तुरुन्तै बिज्ञप्ती जारी गरी आम नेपालीको बुझाइ गलत भएको दाबी गरेको छ ।

हाम्रो जानकारीमा आए अनुसार हामीले पठाएको एसएमएस सन्देशप्रति केही जनसमुदायमा अन्यथा बुझाइ पर्न गएकोमा हामीले तत्काल अर्को एसएमएस पठाइ हाम्रो उदेश्य र अभियानबारे प्रष्ट पारेका थियौं । तथापी केही प्राविधिक कठिनाइका कारण हामीले पठाएको दोश्रो एसएमएस प्राप्त हुनमा केही ढिलाई भएको थियो संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

उपत्यका भित्र बढदै गएको व्यावसायिक बाल यौन शोषण अन्त्यका लागि जनचेतना अभिबृद्धि गर्न टिडिएच र यसका गैर सरकारी साझेदार संस्थाहरुले जनचेतना तथा वकालत अभियान सञ्चालन गर्दैछ । बालबालिकाको व्यवसायिक यौन शोषण अन्त्य गर्नका लागि सार्वजनिक जनचेतना अभियानले समुदायलाई परिचालन गरी शोषणमा परेका बालबालिकाको अवस्थाका बारे समाधान पहिल्याउने उद्धेश्य हो ।

केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल यस्तो ढंगले म्यासेज पठाउनु गलत भएको बताउँछन् । म्यासेज हेर्दा कानुनले निषेधित गरिएको कार्यलाई अभिप्रेृरित गर्ने अर्थ लाग्ने देखिएको छ उनले भने, ठाडै सेक्स अफर गरेको देखिन्छ ।

उनका अनुसार बालबालिकाप्रति अलिकति पनि संबेदनशील नभइ एकोहोरो मोबाइलमा यस्तो म्यासेज पठाउनु गलत हो । सेवा प्रदायक टेलिफोन कम्पनीहरुले पनि यस्ता सन्देशको भाषा हेरेर मात्र अनुमति दिनुपर्छ । समितिले यस विषयमा स्पष्टीकरण माग्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कुनैपनि अनुमति नलिईकनै यस्तो म्यासेज पठाइएको जानकारी दिए । मैले हनुमानढोका प्रहरीलाई अनुसन्धान गरी कारवाही गर्न निर्देशन दिइसकेको छु उनले भने, यस्तो गलत कार्य गर्नेप्रति कारवाही हुनुपर्छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख (एआइजी) विज्ञानराज शर्माले यस्तो सन्देश बाहिर आएपछि अनुसन्धान तथा छानबीन गरी कारवाही गर्न काठमाडौं प्रहरी प्रमुख उत्तम कार्कीलाई निर्देशन दिइएको जानकारी दिए ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय