को को छानिए कतारको सिंगिंग आइडलमा ?

समिम मियाँ, कतार- आँखामा सिङिग आइडल बन्ने सपना ,मनमा प्रतिभा देखाउने जोश, मुहारमा पसिना र केही खुसी बोकेर तिव्र धड्कन सहित पालो पर्खिरहेका प्रतियोगिहरु आफ्नो प्रस्तुती पस्कने तयारीमा गुनगुनाइ रहेका थिए ।

उद्घोषकले नाम बोलाउने बितिकै स्टेज चढ्ने, आफ्नो प्रस्तुति सके पछि निर्णायकको प्रतिक्रिया सुन्ने र निर्णयको प्रतिक्षामा बाहिर आइ बस्ने माहोल देखिन्थ्यो । अर्थात कतारमा आयोजित प्रवासी नेपाली सिङिगङ आइडल २०१४ को पहिलो चरणको छनौट हुँदै थियो ।

प्रवासी नेपाली सांगितिक परिवार र समाज सेवा अभियान रुपन्देहीको संयुक्त व्यवस्थापन तथा आयोजनामा प्रवासी नेपाली सिङिगङ आइडल २०१४ हुँन लागेको हो । सो प्रतियोगिताका लागि पहिलोे चरणको छनौट सकिएको छ । तीन सदस्यिय निर्णयक मण्डलमा देबिका के सि, दिनेश लिम्बू र सन्तोष परियार थिए भने बिमल गुरुङ ,शिव गौतम , राकेश चाम्लिङ र देव न्यौपानेले पर्यवेक्षकको भुमिका निभाएका थिए । कार्यक्रममा ६० जना प्रतियोगी सहभागी मध्ये ४४ जना दोस्रो चरणका लागि छनौट भएका छन् ।

Qatar Singing Idol 2 (1)

निर्णायक सन्तोष परियारले असफल हुने प्रतियोगीलाई कमजोरी भित्र सम्भावना हुने बताउदैँ आफ्नो कमजोरी सुधार गर्न हिम्मतका साथ लाग्नु पर्नेमा जोड दिए ।

अब दोस्रो अडिसन जनवरी २ मा हुने र त्यस सम्बन्धी थप जानकारीका लागि आयोजक संग सम्पर्क राख्न अनुरोध गर्दै कार्यक्रम सम्योजक शक्ति क्षेत्रीले भने कतारमा लुकेर रहेका प्रतिभाको खोजी कार्यको पहिलो चरणमा भोकल टेस्ट अन्तर्गत हामीले ४४ जनालाई रोजेका छौ आज देखिएका प्रायः अनुहार नयाँ छन् यिनै मध्य कोहि एक हाम्रो आइडल बन्ने छ ।

लोक सँस्कृतिको जर्गेना गर्न साथै नयाँ प्रतिभाको खोजीका लागी विगत केही वर्ष देखि कतारमा यस प्रकारका कार्यक्रम आयोजना हुँदै आएको छ।

दोश्रो चरणका लागि छानिएका प्रतियोगिहरु ज्योती गुरुङ सुबास बि.क. भिम लामा लिला बहादुर बि.क. मधु लामा सुमन मगर बिजय भण्डारी ललित कुमार लिम्बू जीवन खड्का रबिन शिवा कर्ण रुम्दाली राई दिल कुमार बि.क. राज कुमार कार्की देब बहादुर ब.क. अर्जुन खरेल सुपेन्द्र राई सोम लिम्बू शेर बहादुर लिम्बू खगेन्द्र नेम्वाङ सुमिन गुरुङ सारुक सुन्दास अमीत राई देवान सूर्य बहादुर नेपाली शिव शर्मा रन्जित थापा देब बहादुर थापा रेशम गुरुङ डेनि बि.क. केशब तामाङ दिपेश लिम्बू शुभराज राई रुपेश राई चन्द्र बहादुर दर्जी कबिन गुरुङ पिन्की थापा दामोदर न्यौपाने अमृत कुरुम्वांग नानू तामाङ छवि रास्कोटी एबन राई सबिर बस्नेत जनक पौडेल राम कुमार बान्तवा छबिलाल लामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय