कतारबाट तीन नेपाली महिलाको उद्धार

तिलविक्रम थेवे, कतार, घरेलु कामदारको रुपमा दिल्लीको बाटोबाट ५ महिना अघिमात्र कतार आएकी धादिङ्ग कुरीनटारकी मिस्रा गुरुङ्ग दुतावासको शरण हुदै नेपाल फर्कन सफल भइन् । पिडीत मिस्रालाई सकुशल नेपाल फर्काउन नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, उपाध्यक्ष संगिता लामा, संघिय लिम्बुवान समाज कतारका उपमहासचिव डम्बर लिबाङ्गले सक्रिय पहल गरेका थिए ।

पिडीत मिस्राको भनाई अनुसार उनले २ देखि ३ घण्टामात्र सुत्न पाउथिन् । घरको काम कहिले नसकिने गरी थोपरिएको हुन्थ्यो । महिना महिनामा साउदी समेत परिवारको साथमा जानुपर्ने र त्यहा पनि काममा जोतिनुपर्ने हुन्थ्यो ।

शारिरिक शोषण नभएको भएपनि घरका लोग्ने मानिसहरुले कतिपय अवस्थामा कुदृष्टिले पनि हेर्ने गरेको उनले बताइन् । आफु यसरी दिनरात काम गरेपनि अपजस मात्र पाइने, फोन गर्न नपाइने, बाहिर निस्कन बन्देज जस्ता कुराहरुले आफु पिंजडाभित्र परेको र अव त्यो ठाउँबाट जिउदै फर्कने आशा समेत मरिसकेको अवस्थामा मिस्राको उद्धार भएको हो ।

मिस्रालाई अवैध तरिकाबाट चेलीवेटीको तस्कर गर्ने सपना अधिकारी र इन्द्र थापा भन्ने व्यक्तिहरुले कतारमा पठाएका थिए ।

वुटवलमा २ हप्ता जति राखेर भैरहवास्थित माइती नेपाल सेल्टरको आँखा छल्न सुनौली बजारमा किनमेल गर्न लगेजस्तै लगेर बस हिड्न लागेको वेलामा दिल्लीका लागि बस चाढाएर दिल्लीमा अरु २ हप्ता बसी उनी कतार आएकी थिइन् ।

कतारबाट घर पठाउभन्दा घर मालिक मालिक्नीले १० हजार रियाल तिरेर ल्याएको हुनाले नपठाउने बताउदै कडा निगरानीमा राखेको उनले बताइन् ।

आफुजस्तै धेरै नेपाली महिलाहरु घरेलु कामदारका रुपमा कतारका अनकन्टार स्थानमा रहेको पनि मिस्राले बताइन् । मिस्रालाई नेपाली महिला समाजको पहलमा टिकट र खर्च उपलब्ध गराइएको थियो ।

Qatar 2उनी मात्र होएन तीन महिना अघि नै घरेलु काममै आएकी बारा लिचीटोल–६ की रत्नमाया लामालाई पनि नेपाली महिला समाज कतारको सक्रियता र हवाई टिकट सहयोगमा नेपाल पठाइएको छ । घरमा खान पनि राम्रो नपाउने, काम बढीभन्दा बढी गर्नुपर्ने, ग्लास फट्दा समेत आफ्नो तलबबाट कटाउने जस्ता अत्यन्त अमानविय व्यवहारको कारण आफु भागेर दुतावास आउनु परेको बताउदै पिडीत रत्नमायाले महिला समाजले आफुलाई नयाँ जीवन दिएको बताइन् ।

नेपाली दुतावासले पिडीत नेपालीहरुको समस्यालाई त्यति गम्भिरतापुर्वक नलिने र कर्मचारीहरुले पिडीत नेपालीहरुको खासै चासो नराख्ने गरेको आफुले पाएको उनको भनाई छ ।

पिडीत नेपालीहरु दुतावासमा आश्रयका लागि आउदा समेत आफुले काम गर्ने ठाउमै फर्केर जाउ भन्ने गरेको भन्दै पिडीतका लागि रोजगारदातासंग कडा कुरा गरेर पिडीतलाई राहत दिलाईदिन समेत दुतावासले अझै नसकिरहेको आफुले पाएको पिडीत रत्नमायाले बताइन । Qatar 3

यसैगरी सन्जु कुमारी धिमाल पनि संघिय लिम्बुवान समाज कतारको पहल र हवाई टिकट सहयोगमा नेपाल फर्किन सफल भएकी छिन् । सन्जुकुमारी धिमालको उद्धारको लागि नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, संघिय लिम्बुवान समाज कतारका उपमहासचिव डम्बर लिबाङ्गले सक्रियतापुर्वक पहल र सहयोग गरेका थिए ।

पथरी मोरङ्गकी सन्जु धिमाल कम्पनीमा १५ घण्टा भन्दा बढी काममा लगाउने र तलव समयमा नदिने गरेकोले तलव माग्दा आफु र अर्को एकजनालाई कम्पनीका मालिकले दुतावासमा पुरयाइदिने भनेर वाहिर निकालेर त्यतिकै वेवारिसे छोडीदिएको बताउँछिन् । उनी त्यसपछि दोहामा रहेको नेपाली दुतावासमा पुगेकी थिइन् ।

पीडित धिमालले पनि नेपाली दुतावासले आफूहरु जस्ता पीडितका लागि खासै काम नगर्ने गरेको गुनासो गरिन् । उनीहरु नेपाल फर्किसकेका छन् ।

एवान खवर डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय