व्यापारीले तिरिदिए सवा करोड व्लड मनी, ३ जनाको ज्यान बच्यो

रियाद, एकजना आफ्नै साथिलाई मारेको अभियोग लागेका तीनजना भारतीय नागरिक साउदी अरबमा मृत्युदण्डबाट जोगिएका छन् । उनीहरुले तिर्नुपर्ने १ लाख ३३ हजार २ सय डलर(नेरु झण्डै १ करोड २६ लाख) व्लडमनी बापतको रकम एक भारतीय व्यापारीले तिरीदिएको गल्फन्यूजले लेखेको छ ।

मृत्युदण्डबाट जोगिनेमा ३५ बर्षिय फजल इरिती, ३३ बर्षिय फुस्तफा कुण्ठा र ३६ बर्षिय एम शेख रहेका छन् । उनीहरुले तिर्नुपर्ने व्लड मनी वापतको रकम तिरेपछि उनीहरुलाई अल हेर जेलबाट रिहा गरिएको छ । उनीहरुलाई भारतको कर्णाटकका आश्रिफको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको थियो । जेललबाट रिहा गरिएकाहरु भारतमा पुगिसकेको अनलाइनले लेखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय