हड्तालमा उत्रिएका नेपाली काममा फर्किए

मलेसिया, मलेसियाको पोर्ट केलाङ्गमा रहेको मेडीप्रो कम्पनीमा कार्यरत ९३ नेपाली कामदार व्यवस्थापनले माग सम्झौता बमोजिमका सवै सेवा सुविधा दिने आश्वासन दिएपछि आइतवारवाट काममा फर्केका छन् । कम्पनीले सम्झौता अनुसार सेवा सुविधा नदिएको भन्दै उनिहरूले शनिवार सामुहिक राजिनामा दिएर हड्ताल गरेका थिए । जसका कारण कम्पनी बन्द रहेको थियो । नयाँ व्यवस्था अनुसार कामदारले होस्टल तथा यातायातको सुविधा, बोनस र मेडिकल सुविधा समेत नपाउने अवस्था थियो । यसैगरी कामदारले पाउनु पर्ने छुट्टी समेत नयाँ व्यवस्था अनुसार नपाउने भएपछि नेपाली कामदार त्यसको विरोधमा उत्रिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय