संबिधान निर्माण भएपछी औद्योगिक बातावरण बन्छ– मन्त्री बस्नेत

देशपरदेश, हेटौडा– उद्योग मन्त्री महेश बस्नेतले मुलुकमा संबिधान निर्माण भएपछी औद्योगिक बातावरण तयार हुँदै जाने बताएका छन् । संबिधान निर्माण भएपछी मुलुक समृद्धी तर्फ जाने भएकाले नयाँ औद्योगिक नीति आउने र मुलुकमा नयाँ उद्योगहरु स्थापना भएर रोजगारीका बाटाहरुपनि थपीदै जाने उनले बताए । हेटौडालाई औद्योगिक क्षेत्रको राजधानी बनाउनका लागि उद्योग मन्त्रालयले पहल गर्ने मन्त्रि बस्नेतले बताए । हेटौडा बिच भागमा पनि रहेको र अरु नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने ठाउँ पनि भएकाले यसलाई औद्योगिक क्षेत्रको राजधानी बनाउन सकीने बताएका हुन् । उद्योग संघ हेटौँडाको १३ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले महीला उद्योगीहरुलाई प्रोत्साहन गर्नका लागि पाँच लाख रुपैया सम्म रकम सहुलीयत ब्याजमा दिनको लागि सबै प्रकृया पुरा भएको बताए । अब निजी क्षेत्रका उद्योगिहरु र सरकार पार्टनसिपमा काम गर्न तयार रहेको बताउँदै उनले भने–‘पहीले जस्तो सरकार संग उद्योगिले यो चाहीयो उ चाहीयो भनेर माग्ने होईनकी पाटनर सिपबाट हामी काम गर्न तयार छौ ।’ सबैजसो क्षेत्र निजी क्षेत्रबाट पनि राम्रा कामहरु भईरहेकाले अब औद्यागिक क्षेत्र ब्याबस्थापन कार्यालयले होईनकी निजी क्षेत्रलाई दिएर पनि काम गर्न सकिने उनले बताए । पहीले औद्योगिक क्षेत्रलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदा अहीले पनि त्यसका कारण समस्या परेको मन्त्री बस्नेतले बताए । कार्यक्रममा संबिधान सभाका सदस्य ईन्द्रबहादुर बानियाँले अबको औद्योगिक निती भनेको गाँउँका नागरीकलाई सेवा दिने खालको उद्योगहरु स्थापना हुनुपर्ने बताए । मकवानपुर क्षेत्रनंम्बर ३ का सभासद अनन्त पौडेलले राजनिती बिग्रदा औद्योगिक क्षेत्रलाई समेत समस्या परेकाले पहीले राजनिती स्थीर हनुपर्ने बताए । कार्यक्रममा अर्का सभासद रामनारायण बिडारीले नेपाल सरकारले अब छिट्टै नयाँ श्रमऐन ल्याउनुपर्ने बताए । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रिय प्रशाशक शंकरप्रसाद कोईरालाले उद्योगहरु राम्रो संग फस्टाउनका लागि उद्योगि र सरकार बिच राम्रो तालमेल हुनु जरुरी भएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय