
गणेश आचार्य, मलेसिया, पोट केलाङ बैदेशिक रोजगारिको गन्तब्यको रुपमा रहेका मलेसियामा नेपालीहरु दिन प्रतिदिन असुरक्षित र कम्पनिबाट शोषित समेत भईरहेको छन्। मलेसियाको पोर्ट केलाङ नजिकै रहेको मेडिप्रो कम्पनीमा काम गर्दै आएका ९३ जना नेपाली कामदारले घर फर्कने भन्दै कम्पनीमा रिजाइट लेटर दिएका छन् । उनीहरु नेपाल फर्किने अडानमा छन् ।
सो कम्पनीमा काम गर्दै आएका नेपाली कामदारलाई कम्पनीले यसअघि दिंदै आएको सुविधा कटौति गरी उनीहरुलाई कन्ट्रयाक्टमा हालेको थियो । नयाँ व्यवस्था अनुसार कामदारले होस्टल तथा यातायातको सुविधा, बोनस र मेडिकल सुविधा समेत पाउँदैनन् । यसैगरी कामदारले पाउनु पर्ने छुट्टी समेत नयाँ व्यवस्था अनुसार नपाउने भएपछि त्यसको विरोधमा कामदारहरु उत्रिएका थिए ।
विरोधमा उत्रिएका कामदारहरुले आफूहरुलाई कम्पनीको काममा भनेर मलेसिया ल्याइएको भए पनि कन्ट्रयाक्टमा काम गर्न लगाइएका कारण आफूहरु काम गर्न तयार नभएको बताएका छन् । नेपाली कामदार विरोधमा उत्रेपछि कम्पनी एक दिन बन्द समेत भएको थियो ।
त्यसपछि नेपाली कामदार पठाउने काठमाडौंको महाराजगञ्जमा रहेको जानकी ओभरसिजका सञ्चालकलाई कम्पनीले मलेसिया बोलाएको थियो । सो मेनपावर कम्पनीका सञ्चालक राज खड्का सहित भएको छलफलमा पनि कुजरा नमिलेपछि नेपाली कामदारले राजीनामा बुझाएका हुन् ।
उनीहरुले आफूहरुलाई नेपाल फर्काउनु पर्ने माग राखेका त्यहा कार्यरत एक नेपालिले बताए । यदपि कम्पनिले बिस्तारै माग पूरा गर्ने आश्वासन दिएको छ । नेपाली अहिलेसम्म पनि नेपाल फर्कने अडान राखि काममा गएका छैनन् । यस बिषयमा राजदुबासमा सम्पर्क राख्दा अहिलेसम्म जनकारि नआएको र सत्य तथ्य केहो भन्ने बुझ्ने प्रयास गरिरहेको राजदुताबासले जनाएको छ ।