मृतकका परिवारलाई कुवेतका नेपालीले सहयोग गरे

दुर्गा ढुँगेल, माहाबुला- गत अगष्ट महिनामा कुवेतमा सडक दुर्घटनामा ज्यान गुमाएका झापाका अर्जुन भेटवालको परिवारलाई कुवेतमा रहेका नेपालीले करिव ८ लाख सहयोग गरेका छन् । उनीहरुले २ हजार ३ सय ७६ केडी २५० फिल्स (करिब नेरु ८ लाख) संकलन गरी सो रकम सहयोग गरेका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा २०१२ देखि कुवेतको महाबुला स्थित अल अक्सफोड़ कम्पनीमा कार्यरत झापा ज्यामिरगडी गाविस वार्ड ६ मेची नगरपालिका घर भएका ३५ बर्षे अर्जुन भेट्वालको गत अगस्ट ९ तारिकमा बाटो काट्दा दुर्घटनामा परेर निधन भएको थियो ।

मृतकका बुबा आमा दिदीवहिनी र एक दाई सहित ५ जनाको परिवार उनीमा आश्रित भएको हुँदा परिवारको आर्थिक सहयोगको लागि भन्दै उनी कार्यरत रहेको एउटै कम्पनिका कामदारहरुले सो रकम संकलन गरेका हुन् । संकलित रकम मृतकका नातेदारलार्इ पठाएको त्यही कम्पनीमा कार्यरत बिपिन संग्रौलाले बताएका छन् ।

बिगत २ बर्ष देखि कुवेतमा कार्यरत अर्जुन भेट्वाल महाबुल्लामा रहेको आफ्नै कम्पनीको क्याम्पमा लामो समय देखि बस्दै आएका भए पनि अगस्ट भन्दा केही महिना अघिदेखि आफ्नो कम्पनीको क्याम्प छोड़ी कोठा भाडामा लिएर कुवेतको सोयकमा आफ्नै कोठामा बस्दै आएका थिए । उनी काम भनें सोही कम्पनीमा गर्दथे ।

नेपालकुवेत डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: