श्रीमति र बच्चा नहुँदा कार्यक्रम हेर्नै दिइएन कतारमा

दोहा, अहमद कोया भारतीय कामदार हुन् । उनी कतारका काम गर्छन् । कतारको राष्टिय दिवसको अवशरमा कम्पनीले छुट्टी दिएको थियो ।

उनलाई पनि कतारले आफ्नो राष्टिय दिवस कसरी मनाउँदो रहेछ हेरौं हेरौं लाग्यो र लागे दोहाको समुद्री किनारातिर जहाँ विशेष कार्यक्रम गरिंदै थियो ।

तर जव उनी त्यता लागे उनलाई प्रहरीले रोक्यो । उनीजस्तै अरु हजारौं अप्रवासी कामदार त्यसरी नै रोकिएका थिए । किनकी उनीहरुको साथमा श्रीमति वा छोराछोरी थिएनन् ।

कोयाले आफू बिहान ५ बजे नै कार्यक्रमको रौनक हेर्न भनेर आएपनि प्रहरीले नजिक जान नदिएको गुनासो गरेको खवर दोहा न्यूजले लेखेको छ ।

कतारमा बर्षेनी निर्माणको काम तिब्र भइरहँदा हजारौं विदेशी कामदार भित्रिने गर्दछन् । त्यसमध्ये धेरैजसो नेपाल, भारत, बंगलादेश लगायतका मुलुकबाट जाने गरेका छन् ।

त्यसरी आउने मध्ये धेरैजसो विवाहित हुन्छन् तर श्रीमति र छोराछोरीलाई आफ्नै मुलकुमा छोडेर काम गर्न आएका हुन्छन् ।

ति आफ्नो मुुलुकमा विवाहित तर कतारमा एक्लो रहेका पुरुषलाई पछिल्ला दुई बर्षका राष्टिय दिवसमा मुख्य कार्यक्रम हुने क्षेत्र भन्दा धेरैपर धकेलिए । उनीहरुले चाहेर पनि कार्यक्रम हेर्न पाएनन् । कतारका विभिन्न ठाउँमा गरिएका कार्यक्रमहरुमा उनीहरुलाई समावेश हुन दिइएन ।

एक भारतीय कामदार मोहम्मद साहिदले कमसे कम विदेशी कामदारका लागि हेर्न र बस्न मिल्ने एउटा क्षेत्र छुट्याइएको भए राम्रो हुने बताए । एकजना कतारको विश्वविद्यालयमा प्रोफेसर रहेका ४६ बर्षिय बेलायती नागरिकले पनि यसरी आफूहरुलाई कार्यक्रम हेर्न समेत नदिनु दुःखद भएको बताए ।

तपाईको विचार लेख्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: