
रियाद, साउदी अरबमा एक जना अरबीले गोली हानेर एकजनाको हत्या गरेका छन् भनें एकजनालाई घाइते बनाएका छन् । मारिनेमा बंगलादेशका नागरिक रहेको त्यहाँको अनलाइन अरब न्यूजले जनाएको छ । एकजना भारतीय कामदारलाई दुई गोली लागेको छ । तर उपचारपछि उनी खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । रियादको सीटी सेन्टरबाट ३० किलोमिटर टाढाको एक मस्जिदमा उनीहरुलाई गोली हानिएको थियो । सो घटना बेलुकीको प्रार्थनाका लागि आव्हान गरिएको समयमा भएको थियो । प्रार्थनाका लागि आव्हान गर्र्न ढिलो गरेको भन्दै मस्जिदका प्रमुखले नै गोली हानेको प्रहरीको भनाई छ । घटनापछि प्रहरी घटनास्थलमा पुग्दा ३२ बर्षे बंगलादेशी नागरिक मोहम्मद रफिक ताजुल इस्लाम रगतको आहालमा डुवेका थिए । अर्का घाइते भारतीय नागरिकलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । उनलाई पनि दुई गोली लागेको छ । तर अस्पतालमा उपचारपछि उनी खतरामुक्त भएको चिकित्सकलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनको खालिद अस्पताल, मजमाहमा उपचार भइरहेको छ । प्रहरीले हत्याका आरोपी मस्जिदका प्रमुखलाई पक्रेको छ । प्रहरीका अनुसार ति व्यक्ति मनोरोगि भएको बताइएको छ । तर अनुसन्धान भइरहेकाले थप जानकारी दिन नसकिने प्रहरीको भनाई छ । यो पनि पढ्नुहोस् https://deshparadesh.com/international-migrants-day-nepal/