सुरक्षित वैदेशिक रोजगारीमा प्रधानमन्त्रिको जोड

‘काठमाडौं, ३ पुष- प्रधानमन्त्रि सुशिल कोईरालाले विदेशमा काम गर्न गएका नेपालीका लागी सुरक्षित वातावरण बनाउने बताएका छन् । बिश्व आप्रवासन दिवसका अवसरमा एक बिज्ञप्ति जारी गर्दै उनले भने ‘नेपाली नागरिक पुगेका गन्तव्य मुलुकमा ती देशको कानुन र अन्तर्राष्ट्रिय श्रम कानुनले निर्धारित गरेका सुरक्षित रुपमा काम गर्ने वातावरण, न्यूनतम पारिश्रमिक, समान कामका लागि समान पारिश्रमिक जस्ता सुविधाबाट कोही पनि वञ्चित नहुने वातावरण तयार पार्न सरकार प्रयत्नशील छ ।’

प्रधानमन्त्रि कोईरालाले हालै काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनको काठमाण्डौ घोषणा पत्रमा कामका लागि विदेशिएका नागरिकको हकहित, सेवा र सुरक्षाका बिषयलाई प्राथमिकता दिंदै सार्क राष्ट्र एवं प्रमुखबाट साझा प्रतिबबद्धता जनाईएको बताए । विदेशिएका नागरिकको हकहित, सेवा र सुरक्षाका बिषयलाई गन्तव्य मुलुकबाटै सहज रुपमा कार्यान्वयन हुने अवस्था सिर्जना गर्न आबश्यक भएको उनले उल्लेख गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय