
घनश्याम पराजुली (कृष्ण) , दोहा- पर्वत युवा सेवा समाज कतारले संस्थामा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
सल्वारोड स्थित ग्रिन्स रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघका सल्लाहकार नरेन्द्र भाटलाई पर्वत युवा सेवा समाज कतारको मानार्थ सदस्य पनि दिईएको थियो । कार्यक्रमका प्रमुख अतिथी भाटले मन्तव्य राख्दै नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिए । समाजलाई अगाडी बढाउनका लागी निश्वार्थ रुपमा काम गर्नु पर्ने भन्दै उनले आफु डडेलधुराको भएर पनी पर्वतेहरुको यस संस्थाको सदस्य हुन पाएको भन्दै खुसी प्रकट गरे ।
निर्वाचन समितीका संयोजक भुपती भट्टराईले समाजले गर्ने हरेक कामलाई संस्थागत बनाउदै लैजानु पर्नेमा जोड दिए । निर्वाचन समितीले अधिवेशनमा थप्ने गरी राखेको उपाध्यक्षको पदका लागी नविन पौडेललाई चयन गरेको छ । कार्यक्रममा संस्थाका सहयोगी श्याम श्रेष्ठलाई सम्मान गरियो ।
कार्यक्रममा पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष घनश्याम पराजुली र धौलागिरी च्यानलका पत्रकार श्रवण कठायतलाई प्रशंसा पत्रद्धारा सम्मान गरियो । दिप प्रज्वलन र राष्ट्रिय गान सँगै उद्घाटन गरिएको दोश्रो चरणको कार्यक्रमलाई नवर्निवाचित अध्यक्ष उमेशजंग लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमलाई महासचिव दिलकुमार श्रेष्ठले सन्चालन गरेका हुन ।
प्रवासमा रहेर पनी कलाकारीताको माध्यमबाट नेपाली कला सँस्कृतिलाई जोगाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै कलाकारहरुलाई सम्मान गरियो । गायक तथा संगितकार राकेश राई र दिनेश नेम्वाङ्ग साथै गायकहरु मनिशा लामा , सरगम के.सी. , सन्देश खालिङ्ग , प्रेम लिम्बु , अमृत लिम्बु , सविन राई , मनोज बि.क. , रुपेश राई , दिपेश न्यौपाने , प्रकाश लिम्बु , किरण लिम्बु , शम्भु तामाङ्ग , हरी सापकोटा , राम कुमार राई साथै नृत्य तर्फ इशा घतानी र बिना घतानीलाई सम्मान गरियो ।