कतारमा हुने क्रिकेट प्रतियोगितामा नेपाल पनि सहभागि हुँदै

रवि रोषी, दोहा- कतारमा आगामी विहिवार(डिसेम्बर १८) ६ अन्र्तदेशीय क्रिकेट टुर्नामेन्ट हुने भएको छ । कतारको राष्ट्रिय दिवसको अवसरमा सो खेल आयोजना गरिएको हो । कतारको वेस्ट इन्ड पार्कको कतार नेशनल क्रिकेट स्टेडियममा हुने सो खेल विहान ७ बजेबाट सुरु हुने भएको छ ।

पाकिस्तानका स्टार क्रिकेटर जाहिर अव्वासको उपस्थितिमा हुन गइरहेको सो खेलमा नेपाल लगायत भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश तथा कतारका आप्रवासी खेलाडीहरु सहभागि हुनेछन् । कतार राष्ट्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत हुने सो खेलमा गैर आवासीय नेपाली संघ कतार शाखाले समन्वय गरेको छ । प्रवेश निःशुल्क रहेको सो खेलमा उपस्थित दर्शकहरुलाई विभिन्न आकर्षक पुरस्कारहरुको पनि व्यवस्था गरिएको एनआरएन, कतारका अध्यक्ष मक्सुद आलमले जानकारी दिएका छन् ।

सन् २००४ मा कतारमा स्थापित नेपाली क्रिकेट टिमको आधिकारिक नाम नेपाल क्रिकेट क्लव दोहा कतार रहेको छ । नेपाल क्रिकेट क्लव दोहा कतारले कतारमा पहिलो पटक अन्र्तदेशीय टुर्नामेन्टमा सहभागीता जनाउन लागेको हो । सो खेलमा नेपाल क्रिकेट क्लवका नेपाली खेलाडीहरुले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर खेल्नेछन् ।

उक्त खेलमा नेपालका तर्फबाट इन्तखाब अहमद टिम क्याप्टेन रहेका छन् भने सह कप्तान आश मोहम्मद रहेका छन् । अन्य खेलाडीहरुमा अब्दुल सतार, मोहम्मद सम्साद आलम, हसन रेजा मोहम्म्द, इजरायल शेख, सन्त कुमार मुखिया, दिवाकर कनौजिया, सरोज कुमार यादव, सोमन मण्डल, अभिषेक गौतम, मोहम्मद सलाम सिद्धकी, पशुपति कुमार मण्डल, मोहम्मद फिरोज रायन रहेका छन् । यसैगरी प्रशिक्षक फेका मुखिया र लिलाराम मुखिया रहेका छन् ।

नकाउट अन्तर्गतको सो खेल १५ ओभरको रहने र विजेतालाई कतारी रियाल ७ हजार, द्धितियलाई ४ हजार, तृतियलाई ३ हजार र सहभागीता जनाए बापत अन्य टिमलाई २ हजार कतारी रियाल प्रदान गरिने एनआरएन, कतारका अध्यक्ष आलमले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय