प्रवासी नेपाली मञ्च कतारको अबिधेशनको तयारी पुरा

घनश्याम पराजुली (कृष्ण) , दोहा- प्रवासी नेपाली मञ्च कतारको चौथो अधिवेशन आगमी १९ डिसेम्बर शुक्रबारका दिन मुन्ताजा स्थित होलिडे भिल्लामा हुदैछ ।

महाधिवेशनलाई सम्बोधन गर्नका लागी नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल बुधबार कतार आउदै छन । अध्यक्ष केपी शर्मा ओलीे कतार आउने भनिए पनी संविधान निमार्णको कामले उनको कतार भ्रमण स्थगित भएको छ ।

अधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागी उपसमितीहरुले तिव्रताका साथ कार्य सम्पादन गरिरहेको मञ्चका अध्यक्ष दिल किरण खजुमले बताए । उनले मञ्च स्थापना काल देखीनै नेपाली श्रमिकहरुको पक्षमा महत्वपुर्ण भुमिका खेलिरहेको र यो अधिवेशन संगठन विस्तार लगायतका विषयमा महत्वपुर्ण बन्ने आशा लिएका छन । संस्थाका प्रतिवेदन लगायतका आवश्यक काम पुरा भईसकेको उनले बताए । स्वयंसेवक व्यवस्थापन संयोजक पुर्ण बहादुर नेपालीले महाधिवेशनमा कुनै कमी नहुने गरी कार्यविभाजन गरिसकेको बताए ।

मञ्चका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्वार चानक पोख्रेलले भने ‘ अधिवेशनका लागी नेपालबाट अतिथीहरु बुधबार आईपुग्नेछन , हामी अधिवेशनका लागी खटिरहेका छौ ।’ दिउसो १ बजे बाट शुरु हुने कार्यक्रममा प्रचार प्रसार देखी सबै काम भईरहेका छन । अधिवेशनका लागी नेपालबाट महासचिव पोख्रेल , केन्द्रिय सदस्य सुर्य थापा लगायत विभिन्न देशबाट प्रतिनिधीको सहभागिता रहनेछ । यो अबिधेशन प्रवासमा कार्यरत सम्पुर्ण कामदारका हकहितका लागी पनी महत्वपुर्ण रहने उनले थपे ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको अबिधेशनलाई यतीबेला सबैले हेरिरहेको अवस्था छ । कतारमा स्थापित १२० संघ संस्थाहरु मध्य लोकप्रिय संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल यस बैचारिक संस्थाले १९ डिसेम्बरबाट नयाँ नेतृत्व पाउने छ । अहिले सम्म मञ्चका उपाध्यक्ष चानक पोख्रेल र रामहरी गैह्रेले अध्यक्ष पदका लागी उम्मेदवार दिएका छन । कार्यकर्ताहरुले सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्दै आवाज उठाईरहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय