थाहै नपाई लागु औषध दुवई ल्याउँदा …

दुवई, विमानस्थलमा कसैले मेरो आफन्तलाई दिनु है भन्दै दिएको पोको समात्नुको मूल्य कति महंगो पर्न सक्छ ? दुवईमा एक महिला अहिले त्यहि मूल्य चुकाउँदै छिन् ।

ताजकिस्तानकी ३३ बर्षिय एक महिला एक किलो हेरोइन र ५९ थान मेथाडोन नामको क्याप्सुल सहित दुवईको एयरपोर्टमा पक्राउ परिन् । उनको झोलाबाट सो सामग्री बरामद भएपछि उनलाई प्रहरीले पक्रेर हिरासतमा राखेको छ । पर्यटकको भिसामा दुवई आइपुगेकी ति महिलाको नाम गोप्य राखिएको छ । प्रहरीले उनको छोटकरी नाम एम एन बताएको छ ।

इरानबाट आएकी ति महिलालाई अभियोग प्रमाणित भएमा १० देखि १५ बर्ष जेल र २ लाख(झण्डै ६० लाख) जरिवाना हुनेछ ।

दुवईको अदालतमा ति महिलाले रुँदै आफू निर्दोष रहेको दावी गरेकी थिइन् । उनले आफूलाई अदाम नामको एक व्यक्तिले विमानस्थलमा त्यो पोको दिएको र दुवईमा आफन्तले त्यो सामान लिन आउने बताएको भनेकी छिन् । उनले त्यसमा लागु औषध भएको कुनै जानकारी नभएको बताएकी छिन् ।

अदालतमा पेश गरिएकी ति महिलाले आफू निर्दोष रहेको पटक पटक दोहोर्याउँदै आफूलाई रिहा गरिदिन आग्रह गरेकी छन् । दुवई प्रहरीलाई भनें कसैले उनले लागु औषध लिएर आउँदै गरेको पहिले नै सुचना दिइसकेको थियो ।

तर प्रहरीले भनें ति महिलाले लागु औषध जानाजान बोकेर ल्याएको दावी गरेको छ । प्रहरीका अनुसार ति महिलाले सुरुमा विमानस्थलमा आफूले कुनै झोला नल्याएको बताएकी थिइन् । अन्त्यमा सो बिमानबाट आएको सामान मध्ये केवल एउटा मात्र झोला बाँकी रहेपछि खोलेर हेर्दा सो झोलामा ति महिलाको तस्वीर भेटिएको बताएको छ । त्यसपछि ति महिलाले झोला आफ्नो भएको स्वीकारेको प्रहरीको भनाई छ ।

ति महिलाको मुद्धामा के गर्ने भन्ने निर्णय अदालतले अर्को महिना सुनाउने भएको छ ।

तपाईको विचार लेख्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय