मलेसिया, मलेशिया केलाङ स्थित साम्सुङ कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु कम्पनीको लापरबाहीले पासपोर्ट हराएको कारण बिचमा नै खाली हात नेपाल फिर्ता हुनु परेकोछ ।
पासपोर्ट हराए पछि करार अवधि नसकिएता पनि स्वदेश फर्कनु पर्ने बाध्यतामा परिएको कम्पनीमा कार्यरत बताउँछन। करार अबधि ३ बर्षको भएपनि २ बर्ष अघि नै फिर्ता हुनु परेकोछ । त्यहाँ कार्यरत श्रमिक बिरामी भएर फिर्ता हुनुपर्दा करार अबधिको लेभी पुरा बुझाउनु पर्ने बाध्य समेत पारिएको छ ।
यसै बाध्यतामा परेर नेपाल फिर्ती हुदै गरेका शंकर श्रेष्ठका अनुसार सबै पीडितहरुले कम्पनीलाई बताउनु पर्ने हो या नेपाली दुताबासमा जानु पर्ने हो आफुलाई जानकारी नहुँदा बिचमा जागिर छोडेर नेपाल फर्कनु परेको हो । हालसम्म सो कम्पनीबाट १० १२ जना पासपोर्ट हराएको कारण नेपाल फिर्ता भैसकेका छन भने पास पोर्ट के कारणले हराएको हो हामी अन्जान छौ श्रेष्ठ भन्छन।