कमाउन विदेसिएका थिए, ऋण गरेर घर फर्किए

खोटाङ– छातीमा गम्भीर समस्या देखिएपछि मलेसियामा अलपत्र परेका एक नेपाली ऋण काढेर स्वदेश फर्किएका छन्। अस्पतालले उनलाई तत्काल नेपाल पठाउन सिफारिस गरे पनि कार्यरत कम्पनीले अनुमति नदिँदा उनी मर्कामा थिए। त्यसलगत्तै नेपाली दूतावासको शरणमा पुगे पनि सहयोग नपाएको उनले गुनासो गरे।

दोर्पा, चिउरीडाँडा–९ का २७ वर्षीय गुणराज थापा छातीको समस्याले चार महिनादेखि त्यहाँ अलपत्र परेका थिए । बिरामीले उठ्न सकेको थिइनँ तर कम्पनीले स्वदेश फर्कन दिएन, उनले भने, सहयोगका लागि दूतावास जाँदा सित्तैमा पठाउन नसकिने जवाफ पाएँ । कार्यरत एलवाई फर्निचर कम्पनीले घर फर्कने अनुमति नदिँदा थापा चार महिनादेखि मलेसियामै अलपत्र थिए।

फर्किएलगत्तै भक्तपुरको मध्यपुर ठिमी अस्पताल भर्ना भएका थापा अहिले बिपी कोइराला मेमोरियल अस्पताल धरानमा उपचार गराइरहेका छन् । मलेसियाको पुत्रा हस्पिटलले थापालाई नेपाल पठाउन लिखित सिफारिस गरे पनि कम्पनीले रोकेर राखेको थियो ।

कम्पनीले २ हजार ४ सय रिंगेट रकममा बार्गेनिङ गरेको उनले बताए । काठमाडौं, सामाखुसीस्थित लिंकस्टार मेनपावर कम्पनीबाट दुई वर्षअघि मलेसिया पुगेलगत्तै थापा बिरामी परेका थिए ।

नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: