साउदी अरबमा ‘राम’ नाम राख्न प्रतिवन्ध (हेर्नुहोस् प्रतिवन्धित ५० वटा नामको सूची सहित)

रियाद, साउदी अरब सरकारले ५० वटा नामहरुमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित नामहरुमा शाही परिवार, ईस्लाम धर्म र केही बिदेशी भाषा र धर्मसँग सम्बन्धित नाम रहेका छन ।

धार्मिक नामसँग जोडीएका केही नामहरु जस्तै अमीर, लिन्डा, अब्दुल नाबी नामहरु लेख्न प्रतिबन्ध लगाइएको छ । राजतन्त्रसँग जोडिएका केही नामहरु जस्तै मालिका, मालेक, सुमुव, माम्लाका जस्ता शब्दहरु पनि प्रतिबन्धमा परेका छन । त्यस्तै प्रतिबन्धित नामको सुचीमा हिन्दू धर्मको राम समेत रहेको छ । साउदी अरबको गृह मन्त्रालयले प्रतिबन्धित नामहरुको सुची प्रकाशित गर्दै उक्त घोषणा गरेको हो ।

२०१५ मा जन्मिने कसैलाई पनि ति नामहरु दिन पाइने छैन । साउदी सरकारले हरेक बर्ष नयाँ साल सुरु हुनु अघि प्रतिबन्धित नामहरुको सुची निकाल्ने गरेको छ ।

प्रतिबन्धित नामहरु यसप्रकार रहेका छनः

मलाक अब्दुल आती अब्दुल नासेर अब्दुल मुस्लेह नाबी नाबिया अमीर सुमुव मम्लक मलिका म्लाका तबाराक नार्दीन माया लिन्डा रन्डा बस्मला तलिने अराम नरीज रीतल अलिस स्याण्डी राम मालिने एलैने इनर मालिक्तिन लरीन किब्रिअल लाउरेन बिन्यमिन नरिस् यारा सीतव लोलन्ड तिलज बर्‍ह अब्दुल नबी अब्दुल् रसूल् जिब्रील अब्दुल मुईम अब्रर इमान बयान बसील विरीलम

यो समाचार द नेपाली भ्वाइसबाट साभार गरिएको हो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय