
मलेसियाको पोर्टकेलाङस्थित ईन्नोलेटक्स कम्पनीमा कार्यरत पर्साका सागर दोङले एम आर पी पासपोर्टका लागि दुतावासमा आवेदन दिएको ७ महिना भैसक्यो । आवेदन दिएको ३ महिनामा पाउनु पर्ने एमआरपी उनले अहिलेसम्म पाएका छैनन । जसका कारण उनको भिसाको म्याद सकिएको छ ।
मलेसियाको ईमेरिगेसनले सन् २०१५ को जनवरी १ भन्दा पछि म्याद रहनेगरी हस्तलिखित पासपोर्टमा भिसा लगाइदिदैन । भिसाको म्याद सकिएको र नयाँ एमआरपी नआएकाले सागर निकै तनावमा छन् । उनले हरेक महिना ईमेरिगेसनबाट स्पेसल पास ल्याउनु पर्ने झन्झट ब्यहोरि रहेका छन् ।
सागरले भने, म ४ पटक दुतावास गए । तर, एमआरपी नपाएर रित्तो हात फर्किन्छु सधै । दुतावास जादाँ कम्पनीले विदा नदिने भएकाले बेतलबि विदामा दुतावास जाने गरेको उनले बताए ।
उनी मात्रै होइन, साहआलाममा काम गर्ने सिराहका सत्यनारायण कामति र याम मगरको पीडा पनि उस्तै छ । उनीहरुले एमआरपीका लागि नेपाली दुतावासमा आवेदन दिएको ४ महिना बितिसक्यो । तर अझै पाएका छैनन् । उनीहरु पनि भिसाको म्याद सकिएर स्पेसल पासको भरमा काम गरिरहेका छन् ।
साथमा भिसाको फोटोकपी नहुँदा यहाँको प्रहरीले मानसिक तनाव दिदै आफुहरूसँग पैसा असुल्ने गरेको उनीहरू बताउँछन् । अहिलेसम्म ३ पटक दुतावास गएको र त्यहाँका कर्मचारीले अर्को हप्ता आउँछ भन्दै फर्काउने गरेको उनीहरुको गुनासो छ ।
दुतावासले एमआरपी आएको रेकर्ड अनलाइनमा राखेपनि दुताबासको वेब साइटमा गएर आफ्नो पास्पोर्टको नतिजा प्रायः नेपालीले हेर्न नजान्नु र पासपोर्ट आएको छ छैन भनेर बुझ्न मात्र आउनेको पनि भीड बढेको दुतावासले जनाएको छ । र नेपालीलार्इ सुबिधाका लागि केहि विकल्प सोचिने राजदुत निरञ्जनमान सिहं बस्न्यातले जानकारी दिएका छन् ।
के तपाईले पनि यस्तै कुनै समस्या भोगिरहनु भएको छ ? किन यस्तो समस्या भइरहेको होला ? आफ्ना बिचार लेख्नुहोस्