साउदीमा कम्पनीले जवर्जस्ती काममा लगाउँदा एक नेपालीको मृत्यु

काठमाडौं, साउदी अरबमा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाका महादेव साह रहेका छन् ।

उनलाई बिरामी अवस्थामा कम्पनीले जवर्जस्ती काममा लगाएका कारण उनको मृत्यु भएको हो । सिरहा औरही –५ का ३८ वर्षीय साहको २६ मंसीरमा मृत्यु भएको हो ।

ज्वरो आएको अवस्थामा कम्पनीले काममा लगाउँदा बेहोस भएका साहको मृत्यु भएको उनका भाइ गणेशले बताएका छन्। खाडीका देशहरुमा यसरी आप्रवासी कामदारको मृत्यु हुने क्रम रोकिएको छैन । प्रतिकुल मौषमसँगै कडा श्रमको काम गर्नुपर्ने भएका कारण धेरै नेपालीले साउदी अरबसागै कतार, युएई, मलेसिया लगायतका देशमा ज्यान गुमाइरहेका छन् । त्यसरी विदेशमा ज्यान गुमाउनेहरुको दैनिक सरदर चारवटाका दरले नेपालमा लाश आउने गरेको छ ।

(रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय