साउदीबाट फर्काइए अवैधानिक कामदार

रियाद, साउदी अरबबाट एक महिना भित्रमा ९० हजार व्यक्ति सम्वन्धित देशहरुमा फर्काइएका छन् । त्यसरी फर्काइएकाहरु अवैधानिक रुपमा साउदी अरबमा बसिरहेका अप्रवासी कामदार भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । गैर कानूनी कामदारलाई पक्राउ गरेर फर्काउन साउदी सरकारले अभियान नै चलाएको छ ।

कृषि क्षेत्र देखि जवाहरातका पसलसम्मबाट ति व्यक्तिलाई पक्राउ गरी फर्काइएको जनाइएको छ । त्यसरी पक्राउ पर्नेहरु एउटा कामका लागि साउदी अरब आएर कम्पनी छोडेर अन्यत्र गएर काम गरिरहेकाहरु रहेको मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

यसअघि खोजतलाश गर्न असम्भव रहेका टाढा टाढाका क्षेत्रमा हेलिकप्टर मार्फत गएर अवैधानिक कामदारको खोजि गरिएको जनाइएको छ ।

सोक्रममा १ लाख ८ हजार ३ सय ४५ व्यक्ति पक्राउ परेको तथा त्यसमध्ये ९० हजार ३ सय ४५ व्यक्तिलाई उनीहरुको देश पठाइएको मन्त्रालयले जनाएको छ ।

यसमा कुन देशका कति नागरिक थिए भन्ने विवरण भनें मन्त्रालयले उपलव्ध गराएको छैन ।

बाँकी व्यक्तिलाई डिपोर्टेशन सेन्टर(घर फिर्ति केन्द्र) मा राखिएको जनाइएको छ ।

गत बर्ष साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले ५ लाख भन्दा बढी व्यक्तिलाई कानून उल्लंघन गरेको अभियोगमा पक्राउ गरेको थियो ।

यसपटक भनें सो मन्त्रालयले श्रम मन्त्रालयसँगको समन्वयमा गैर कानूनी आप्रवासी कामदार खोजविन तथा स्वदेश फिर्ता पठाउने अभिययान चलाएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय