इलाममा अवैधानिक मेनपावर कम्पनी कृयाशिल

टीका खतिवडा, इलाम बैदेशिक रोजगारीका लागि इलाममा खुलेका अधिकांस मेनपावर कम्पनी गैर कानुनी रहेको बैदेशिक रोजगार विभागले जनाएको छ । इलाममा बैदेशिक रोजगार आप्रबासी जिल्ला सूचना केन्द्रद्धारा आयोजित सरोकारवालाहरुको छलफलमा विभागका महानिर्देशक विश्वनाथ ढकालले इलाममा रहेका अधिकांस बैदेशिक रोजगार कार्यालय सञ्चालन गर्ने गैर कानुनी भएको बताए । उनले काठमाडौमा मुख्य कार्यालय रहने गरी देशभरमा सात सय ५१ वटा मेनपावर दर्ता भएको र अन्य जिल्लामा मेनपावर कम्पनी नभएको बताए । जिल्ला जिल्लामा मानिस बिदेश पठाउने नाममा चलखेल भइरहेको भन्दै ढकालले इजाजत लिएर सञ्चालमा आएका एजेन्ट वा मेनपावरबाट काम गर्न र गैर कानुनी रुपमा प्रचारमा आएका मानिसहरुबाट कुनैपनि कारोबार नगर्न नगराउन पनि अनुरोध गरे । मेनपावरका शाखाका रुपमा हालसम्म देशभरमा ४७ वटाले विभागबाट स्वीकृति लिएको पाइएको छ । इलाममा शाखाका लागि विराट ओभरसिजले स्वीकृति लिएको पाइएको छ । यस्तै एजेन्टका रुपमा पनि देशभरबाट ६ सय २१ जनाले स्वीकृति लिएकामा इलामका सात जनाले लिएको पाइएको छ ।

‘‘एजेन्टको स्वीकृति दिने मेनपावरले हो, उनीहरुले साइनबोर्ड राखेर प्रचार गर्न र आर्थिक कारोबार गर्न पाउँदैनन्’’, ढकालले भने, ‘‘एजेन्टले आफ्नो नाम ठेगाना र संस्था भनेर वास्तविक रुपमा मेनपावरकै जस्तो गरी प्रचार गरिरहेको र मेनपावरको साइनबोर्ड राखेर आर्थिक लेनदेन समेत गरेको पाइएको छ ।’’

अनुमति दिने मेनपावरको मात्र संस्थागत प्रचार गर्नुपर्नेमा ती एजेन्टले गाउँभरीका सम्पर्क व्यक्तिलाई समेत मुछेर प्रचार गर्ने गरेका छन् । कानून विपरित यस्तो विज्ञापन गर्नेलाई एक लाख रुपैयासम्म जरिवाना असुलउपर गराइ कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि महानिर्देशक ढकालले बताए । कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय