मलेसियामा अवैधानिकलाई ३१ डिसेम्बर भित्र घर फर्किन उर्दी

सन् २०१५ को जनवारी १ बाट मलेसियामा रहेका अवौधानिक आप्रावासी कामदार विरूद्द कडा कदम चाल्ने भएपछि नेपाली श्रमिक घर फर्किन थालेका छन् । मलेसियामा अबैधानिक रुपमा करिव २५ देखि३५ हजारको हाराहारीमा नेपाली रहेको नेपाली दुतवासको अनुमान छ ।

दैनिक ५ सय भन्दा वढि नेपालीले घर फर्कन यात्रा अनुति पत्र लिन थालेको मलेसियाका लागि नेपाली राजदुत निरन्जनमान सिंह वस्न्यातले जानकारी दिएका छन । वस्न्यातका अनुसार पछिल्लो हप्ता यात्रा अनुमति पत्र वनाउन आउने नेपालीको चाप दुतावासमा बढेकोे छ ।

गत सेप्टेम्बर देखि डिसेम्बर ११ तारीखसम्ममा १३ हजार ४ सय २६ नेपालीले एक तर्फी यात्रा अनुमति पत्र लिइसकेको दुताबासका द्धितीय सचिव अरुण महतले जानकार दिएका छन् ।

अबैधनिक कामदारलाई यहाँको प्रहरीले सहजै बाहिर हिंडडुल गर्न नदिएपछी दुतावासको सम्पर्कमा आउनेजतिलाई गाडीनै पठाएर दुतावास ल्याउने गरेको राजद्त बस्न्यातले जानकारी दिएका छन् । यहाँको कोअप्रासीसंगको सहकार्यमा नेपली दुतावासले अबैधानिक नेपालीलाई सहजरुपमा घर पठाइरहेको छ ।

मलेसिया सरकारले अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई निक्कै कडाई गर्ने भएपछि घर फर्किन चाहने नेपालीको संख्या पछिल्ला केहि हप्तायता ह्वात्तै बढेको हो । यहाँको गृहमन्त्रालयले आफ्नो देशमा कुनैपनि देशका अबैधानिक कामदारलाई सन् २०१५ को जनवरी १ बाट बस्न नदिने र बसेको भेटीएमा कडा कदम चाल्ने चेतावनी यहाँ रहेका सबै देशका दुतावासलाई दिइसकेको छ । जसका कारण नेपाली दुतावासले यहाँ रहेका अबैधानिक नेपालीलाई यही ३१ डिसेम्बरभित्र घर फर्कन सुचना जारी गरीसकेको छ ।

तस्वीर केहि दिन अघि मलेसियास्थित नेपाली दुतावासमा नेपाल फर्किने कागजात बनाउन बसेकाहरुको हो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय