
गएराति युएईको दुवईमा एक नेपालीको मृत्यु भएको छ । दुवईको मिडिल ईष्ट सेक्युरिटी कम्पनीमा कार्यरत दिपेन्द्र सिहं धामीको मृत्यु भएको हो । मालिकार्जुन ८ भौतडी, दार्चुलाका दीपेन्द्र सिहं धामी रोजगारीका लागि १५ महिना अघि यूएई पुगेका थिए ।
बेलुकी खाना खाएर सुतेका धामि राति मृत अवस्थामा भेटिएको सोही कम्पनीमा कार्यरत ध्यान बिष्टले जानकारी दिएका छन् ।
बत्यहाको अस्पतालले हृदयाघात(हर्ट अट्क्याक) भएर धामीको मृत्यु भएको बताएको छ । धामीको शव अहिले अस्पतालमै छ ।
गणेश आचार्य, मलेसिया
यो पनि पढ्नुहोस्
https://deshparadesh.com/rape/ https://deshparadesh.com/problem-between-husband-wife/