
भुवन के.सी., दोहा, अर्घाखाँची सेवा समाज कतारद्वारा दोहा स्थित सालिमार प्यालेसमा आयोजित साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
‘प्रवासमा अर्घाखाँचीबाँसिहरु एक होऔँ , नेपाली समाजका लागी केही गरौँ’ भन्ने नाराका साथ कतारमा स्थापना भएको संस्थाले स्वदेशमा आफ्नो जिल्लामा एम्बुलेन्स सन्चालनमा ल्याउने तयारी स्वरुप साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सस्थाका प्रमुख सल्लाहकार एवं एम्वुलेन्स सन्चालन समितिका सदस्य सचिव समेत रहेका एनआरएनए कतारका पूर्व महासचिव क्रान्ति सिंहले समग्र जिल्लाको परिचय, सस्थाको गतिविधि र एम्वुलेन्स सेवा सन्चालन गर्ने सम्वन्धमा जानकारी दिएका थिए । निशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा कलाकारहरुको प्रस्तुतीबाट र उपस्थित दर्शकहरुले पनि एम्बुलेन्स योजनालाई प्रशंसा गर्दै सहयोग रकम प्रदान गरेका थिए ।
सांगीतीक कार्यक्रमका लागी कुबेतबाट अतिथी कलाकारको रुपमा आएका गायक बि.बि. मल्ल ठकुरीले “बस्दैछु भेडा चराउदै , प्रदेशमा रुदै छु म छोरा सम्झदै बस्छु टोलाउदै ”गाए । लोकगित काली मेरै हो बोलको गित प्रस्तुत गरे भने कतारमा रहेकी गायिका इन्दिरा शाहले उनलाई साथ दिएकि थिईन । गायक ठकुरीले तिम्रो गालैमा लाली चढेछ , सोल्टीनी तिम्रो जोवनमा योवन चढेछ ” गाएर दर्शकहरुलाई राम्रै नचाए ।
मौलिक पन्चेबाजासँगै कार्यक्रमको उद्घाटन गरिएको सो कार्यक्रममा दुई दर्जन कलाकारहरुले आ आफनो प्रस्तुतीहरुदेखाएर मन्च तताएका थिए । गायक तथा रचनाकार मोहन शाहको समुहले स्वागत गित प्रस्तुत गर्नुका साथै शाहले उडेर जुन छुन्छु भन्थे भन्ने गित गाएर मन्त्रमुग्ध पारे, गायकहरुदेव न्यौपाने , कृष परियार, रामप्रसाद खनाल, शम्भु घिसिङ्ग, दिल कुमार बिकले सांगीतीक प्रस्तुती राखेका थिए ।
अभिनयको क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका डान्सर तथा मोडल ओबी रायमाझीको अभिनय धेरैले रुचाए । लोकदोहोरी गायक शरद पाण्डेले देउरालीको भट्टी पसल , फुल फुलेर पहाँलै भयो , बोत्तलको पानीले आखा सन्काई नानीले गाएर उपस्थित दर्शकहरुलाइ स्टेज सम्म तानेर नचाउन सफल भए । त्यस्तै गायक राजेन्द्र महरा , गोविन्द न्यौपानले गित गाएर दर्शकहरुलाई नचाए ।
एनआरएन राईजिङ्ग स्टार बन्न सफल अहिलेका चर्चित गायक बिरेन्द्र श्रेष्ठले आफ्नो एल्बम विचारका गित सुनाए । हतियार हैन अव विचारमा विचार मिलाउँ साथै आफु रोएर भएपनी मलाई हँसाउने साथी छन मेरी बोलका गित गाए । गुल्मेली माग्ने बुढाको नामबाट कतारमा हाँस्य अभिनय गर्दै आएका सुरज बि.सीले दर्शकलाई हसाउन सफल भए ।
एनआरएन लोकदोहोरी गायनका उत्कृष्ट जोडी लोकदोहोरी गायकद्वय इन्दिरा शाह र बामदेव भाटको दोहोरी घम्साघम्सीले कार्यक्रमलाई गरमागरम बनायो । रातो घलेकीमा रोधी घरमा कुम जोडी नाचौला आउहै बेलुकीमा बोलको दोहोरी गितमा माया पिरती सँगै ल्याउने लाने सम्मका गफ भए ।
त्यस्तै अर्का गायक डोलराज परियार सालैजो गाएर सुनाए । कार्यक्रममा गायक विकास बराईली , अमृत लिम्बु लगायतका कलाकारहरुको प्रस्तुती रहयो । कतारमा निकै चर्चा कमाईसकेको बाध्यबाधन टिममा राजकुमार लामा , बविन रार्य , राम रानामगर , बिष्णु प्रसाद भट्टराई , पाण्डव थापा मगर , सुवास गजमेर , लोकेन्द्र योन्जन र निलम गुरुङ्गद्धारा प्रस्तुत म्युजिकमा सबै रमाए ।
संस्थाका अध्यक्ष युवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई केदारनाथभुसाल, मोहन शाह र रमेश दर्नालले सन्चालन गरेका थिए ।