साउदीमा ४० नेपाली अलपत्र, उद्धारको अपिल

साउदी अरेविया, रोजगारीका लागि डेढ महिना पहिले साउदी अरब पुगेका ४० जना भन्दा धेरै नेपाली कामदार त्यहाँ अलपत्र परेका छन् ।

काठमाडौ स्थित एस.ओ.एस. मेनपावर मार्फत एअरपोर्ट क्लिनरको काम मा भनेर पठाइएका नेपाली कामदार साउदी अरबको जेददा मा अलपत्र परेका हुन् । मेनपावरलाई प्रति व्यक्ती ८० हजार देखि १ लाख ३० हजारसम्म बुझाएर साउदी आएका उनिहरुलाई कम्पनीले अलपत्र पारेको पीडित मोरङका उज्ज्वल भट्टराईले बताए ।

जेददा स्थित टिम एण्ड टाईम सप्लायर कम्पनिले आफुहरुलाई २ महिना हुन लाग्दा समेत काममा नलगाई एउटा लेबर क्याम्पमा कोचेर राखेको उनको भनाइ छ । गुणस्तरहिन खाना त्यो पनि आधा पेट खाएर बाच्नु परेको उनले दुखेसो पोखे ।

मोरङ, झापा, सुनसरी, भोजपुर लगायतका जिल्लाका नेपाली त्यहाँ रहेको उनले जानकारी दिए ।

उता सोही मेनपावरबाट एक साता अघि आएका ३० जना नेपालि कामदारलाई पनि लेबर काममा जबर्जस्ती भोकभोकै काममा लगाईएको र उनीहरुको अवस्था समेत दयनीय बन्दै गएको अर्का पीडित राजन भण्डारीले बताए ।

आफुहरुलाई मेनपावरले अन्तिम समयमा मात्रै सम्झौता पत्र पढ्ने समय समेत नदिई हस्ताक्षर गराएको भण्डारीले बताए । केही साथीहरू बिरामी हुँदा समेत वास्ता नगरिएको उनले बताए ।

यस बारेमा मेनपावर कम्पनीलाई जानकारी गराउदा उल्टै हप्की दप्की गरेर केही दिन पर्खी भन्ने गरेको पीडितहरु बताउँछन् । उनिहरुले एक हप्ता भित्रमा तोकिएको काम पाउनु पर्ने अन्यथा क्षतिपूर्ति सहित स्वदेश फिर्तिको माग गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय