
काठमाडौं, आफन्तले विदेशबाट पठाउने रकम(रेमिट्यान्स) बैंकबाट बुझ्न सम्बन्धित व्यक्तिले अनिवार्य रुपमा आफ्नो खाता खोल्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसले रेमिट्यान्स कारोबारलाई व्यवस्थीत गर्ने राष्ट्र बैंकलेजनाएको छ। यो व्यवस्था पछि बैंकमा खाता नभएकाले त्यहाँ जम्मा भएको रेमिट्यान्स बुझ्न पाउने छैनन्। राष्ट्र बैंक विदेशी विनियम विभागले आइतबार जारी गरेको निर्देशिका अनुसार विदेशी बैंकमार्फत नेपालमा पठाइएको रेमिट्यान्स सम्बन्धित बैंकले प्राप्त गर्ने व्यक्तिको खातामा जम्मा गर्नुपर्छ । यसका लागि एक वर्षको समय दिइएको छ। राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले रेमिट्यान्स कारोबार व्यवस्थित गर्न रकम प्राप्त गर्ने ग्राहकको बैंक खाता अनिवार्य गरिएको बताए। उनले भने, नेपाल बैकर्स संघसँग भएको सहमतिअनुसार राष्ट्रबैंकले निर्देशिका ल्याएको हो। तर यो व्यवस्थाले ग्राहकले अनावश्यक दुस् ख पाउने दाबी बैंकरहरुको छ। उनीहरुले यसको विरोध गरेका छन् । अहिले बैंकिङ पहुँचमा ४० प्रतिशतमात्र जनसंख्या रहेको र रेमिट्यान्स प्राप्त गर्नेको बैंक खाता अनिवार्य गर्दा ग्राहकले अनावश्यक दुस्ख पाउने दाबी उनीहरुले गरेका छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंकरहरूको विरोध हुँदाहुँदै पनि राष्ट्रबैंकले बैंक खाता अनिवार्य गर्ने निर्देशिका ल्याएको बताए। ग्रामीण क्षेत्रमा रेमिट्यान्सको कारोबार एजेन्टमार्फत हुने गरेको छुु, उनले भने, ुएजेन्टमार्फत सहज रूपमा ग्रामीण ग्राहकले रेमिट्यान्स पाउने गरेका थिए। राष्ट्रबैंकको व्यवस्थाले विदेशबाट पठाएको पैसा लिन बैंकको शाखासम्म आउनुपर्ने हुन्छ, जनताले दुस्ख पाउँछन्। निर्देशिकाले वाणिज्य बैंकहरूबाट प्राप्त गर्ने रेमिट्यान्सका लागि खाता अनिवार्य गरे पनि रेमिट्यान्स कम्पनीमार्फत प्राप्त हुने रेमिट्यान्सका विषयमा भने केही बोलेको छैन। राष्ट्रबैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म एक खर्ब ३४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल आउने रेमिट्यान्स कारोबारको ६० प्रतिशत रेमिट्यान्स रेमिट कम्पनी र ४० प्रतिशत बैंकबाट हुने अनुमान छ। यो खवर अन्नपूर्ण पोष्टमा छापिएको छ ।