ट्याक्सी व्यवसायीले छाने नयाँ नेता

काठमाडौं, काठमाडौमा छरिएर रहेका टयाक्सी व्यवसायीहरुको संस्था नेपाल मिटर टयाक्सी व्यवसायी संघको सातौ अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । चेतप्रसाद गौतमको अध्यक्षतामा नव गठित १५ सदस्य रहेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण बस्नेत, उपाध्यक्षद्धय नारायण श्रेष्ठ र रामकृष्ण पौडेल चयन भएका छन् । यसैगरी सचिव रोहण श्रेष्ठ, सहसचिव दिपेन्द्र प्रसाद अधिकारी, कोषाध्यक्ष धर्मराज दाहाल र सहकोषाध्यक्षमा सुशीला कुँवर बज्राचार्य रहेका छन् । २०४७ साल मा स्थापीत सो टयाक्सी व्यवसायी संघको उदघाटन सत्रमा नेपाल राष्ट्रिय टयाक्सी व्यवसायी संघका अध्यक्ष बच्चुराम दाहालले आफनो संस्थाको एकीकरणको घोषणा समेत गर्नु भएको थियो । अधिवेशन उद्घाटनका अवशरमा प्रमुख अतिथी रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष दिनेश भण्डारीले वैचारीक रुपले विभाजीत भएको भएता पनि पेशा व्यवसायका लागि सबै एकजुट भएमा मात्र व्यवसायको संरक्षण हुने बताएका थिए । उनले निजी क्षेत्रबाट अरबौ रुपैया लगानी गरेको भएता पनि राज्यको हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सबै एकजुट नभई नहुने अवस्था रहेको बताए । त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले काठमाडौमा करीब ७ हजार टयाक्सी दर्ता भई संचालन भई आएकोमा त्यत्तीकै संख्यामा संगठीत गर्न जरुरी रहेको बताए । विशिष्ट अतिथी नेपाल यातायात मजदुर संघका राष्ट्रिय अध्यक्ष अजयकुमार राईले यातायात क्षेत्रलाई बचाउनका लागि मजदुर, व्यवसायी नभनीकन सबैले सहकार्य गरि अगाडि बढ्न आवश्यक भएकोमा जोड दिए । अधिवेशनले टयाक्सी व्यवसायलाई संरक्षण गर्ने उद्धेश्यले प्रस्तावित विभिन्न प्रस्तावहरु समेत पास गरेको थियो । अहिले काठमाडौका लागि यातायात व्यवस्था विभागमा करीब ७ हजार ५ सय ट्याक्सी दर्ता भएका छन् भने सडकमा प्रति दिन करीब ६ हजार संचालनमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय