बिधुतीय रिक्सा चलाउँदै महीला

 हेटौडा ४ कमलडाँडा घर भएकी भवानी अधिकारीले गाईपालनको काम संगै दिउसो फुर्सदको समयमा बिधुतीय रिक्सा चलाउछिन् । यसबाट दैनिक एक हजार रुपैया आम्दानी हुन्छ । यही आम्दानीबाट हेटौडामा पाँच जनाको परीवार सजिलै संग पालेकी छिन् । अनी बिहान बेलुका ब्याबसायीक रुपमा गाईपालनको काम पनि राम्रैसंग भ्याएकि छिन् । ‘पहिले रहर लागेर रिक्सा चलाए पनि अहिले यही पेसा गतीलो आम्दानीको श्रोत भएको छ ।’ अधिकारी भन्छिन् –‘घरमा त्यसै बस्नुभन्दा रिक्सा चलाएर आम्दानी पनि राम्रै भएको छ अनी परीवार पनि पालीएको छ, त्यसैले यो पेसा अगालेको हो ।’

यस्तै, हेटौडा ५ मा डेरा गरी बस्ने सुनीता बराईलीले हेटौडामा बिधुतीय रिक्सा चलाउन थाल्नुभएको पाँच महीना भयो । बिहान बेलुकाको घरको काम सकेर उनी रिक्सा लीएर बजार निस्कन्छिन् । त्यसपछी उनको दैनिकी सुरु हुन्छ मानीस वा सामानहरु गन्तब्य सम्म पुर्याउने काम । यो पेसाबाट कमाईपनि हुने र सजिलै संग परीवार पाल्न पाएकोमा उनी खुशी छिन् । यसबाट मासीक रुपमा २५ हजार रुपैयाँ कमाएर परीवार पालेको उनी बताउछिन् । रिक्साबाट भएको आम्दानीले घरमा दैनिक उपभोग्य सामानहरु संगै छोरा छोरी पढाउन पनि सजिलो भएको उनको भनाई छ । ‘यो काम महीलाहरुका लागि कठीन पनि छैन र पैसा कमाउन पनि त्यती गारो छैन ।’ सुनिता भन्छिन्–‘त्यसैले यो काम सुरु गरेकी हुँ ।’

बिधुतीय रिक्साहरु खरीद गरेर हेटौडा बजारमा संचालन गर्ने महीलाहरुको संख्या हेटौडामा आधा दर्जन पुगीसकेको छ । यो रिक्सा चलाउन गारो पनि नहुने र काम अनुसार दाम पनि कमाईने भएपछी महीलाहरु यस पेसामा आबद भएका हुन । दुई लाख रुपैयाँ देखि साढे दुईलाख रुपैयाँ सम्मको लगानीमा बिधुतीय रिक्सा खरीद गर्ने र बजारमा चलाउँदा कमाई पनि राम्रै हुन थालेपछी यस क्षेत्रमा पुरुष संगै महीलाहरुको पनि निकै आकर्षण बढेको हो ।

यसमा सजिलै संग जती राम्रो कमाई छ । जोखीम पनि त्यतीकै रहेको छ । यातायात ब्याबस्था कार्यालयमा दर्ता नभइकन हेटौडा नगरपालीकामा मात्र दर्ता गरेर सबैले बिधुतीय रिक्सा चलाएका छन् । यो रिक्सा चलाउँदा अहीले सम्म चालकले लाईसेन्स पनि लिनु पर्दैन । बिधुतीय रिक्साहरु टेम्पो सरह छिटो दौडन सक्ने, मानीस पनि आठ जना सम्म राखेर यात्रा गराउँदा दुर्घटनाको खतरा पनि त्यतीकै छ । यसबाट दुर्घटना भएर यात्रु घाईते भएमा वा मृत्यु भएमा चालक जेल जानुपर्ने ब्याबस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक प्रकाशजंङ कार्की बताउछन् । यो रिक्साले ठक्कर दिएर वा ठोकीएर मृत्यु भएमा यातायात ब्याबस्थाको ऐन नलाग्ने भएकाले चालक जेल जानुपर्ने ब्याबस्था रहेकाले सचेत हुनका लागि उनले आग्रह गरे ।

देशपरदेश, हेटौडा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय