‘स्वदेशमा रोजगारी बढ्दैमा व्यबसाय धरापमा पर्दैन’

वैदेशिक रोजगार व्यबसायीले स्वदेशमा पनि रोजगारीको अवसर सिर्जना गर्नसक्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना हुँदैमा व्यबसायीहरुको व्यबसाय धरापमा पर्ने होईनकी बरु नयाँ व्यबसायले उचाई प्राप्त गर्ने उनले बताए । [divider] काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको प्रथम बार्षिक साधारण सभामा बोल्दै उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने बढी जिम्मेवारी व्यबसायीको काँधमा रहेको बताए । व्यबसायीले आफ्नो दायित्वलाई ईमान्दारिताका साथ पुरा गर्ने हो भने अहिले वैदेशिक रोजगारीमा देखिएका धेरैजसो समस्या हल हुँदै जाने उनले बताए । वैदेशिक रोजगार व्यबसायीले स्वदेशमा पनि रोजगारीको अवसर सिर्जना गर्नसक्नुपर्ने ओलीको भनाई छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना हुँदैमा व्यबसायीहरुको व्यबसाय धरापमा पर्ने होईनकी बरु नयाँ व्यबसायले उचाई प्राप्त गर्ने उनले बताए ।   वैदेशिक रोजगारीका नाममा हुने ठगी, बेईमानी, एउटा काममा भनेर अर्को काममा लगाउने, तोकिएको पारिश्रमिक नदिने जस्ता समस्याको सिर्जना गर्ने काम तुरुन्त रोक्न उनले व्यबसायीहरुलाई आग्रह गरे । पासपोर्ट लिन युवाले धेरै सास्ती खेप्नुपरेको उल्लेख गर्दै उनले पासपोर्ट बनाउने प्रकृयालाई सरल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रि टेकबहादुर गुरुङ्गले वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि नयाँ प्रविधिमा आधारित स्मार्ट कार्ड बनाउने प्रकृया सुरु भएको जानकारी दिएका छन् । उनले स्मार्ट कार्डलाई भरपर्दो र व्यबस्थित बनाउन व्यबसायीहरुसँग छिट्टै छलफल गरिने बताए । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरल र सहज ढंगले ऋणको व्यबस्था गर्न बनाउन लागिएको श्रम बैंकको कार्य द्रुत गतिमा भैरहेको उनले बताए । बढी नेपालीहरु गएका मुलुकसँग श्रम समस्या समाधानलाई सहज बनाउन दुई देशका बिचमा सम्झौता(एमओयु) गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय