काठमाडौ, नेपाल ट्रेड युनियन काँगे्रस मातहतको युवा समितिमा बलदेव तामाङ र महिला समितिमा सुधा दाहाल निर्वाचित भएका छन् । आइतवार काठमाडौंमा भएको निर्वाचनमा काँग्रेस सभापति सुशील कोइराला पक्षधर तामाङ र दाहाल विजयी भएका हुन् ।
युवा तथा महिला समितिका राष्ट्रिय अध्यक्ष नेपाल ट्रेड युनियन काँगे्रस राष्ट्रिय समितिको कार्य सम्पादन र राष्ट्रिय समितिको कार्यकारी सदस्य रहने भएकोले यो निर्वाचन महत्वपूर्ण हो । महिला समितिमा श्रीमती सुधा दाहालको नेतृत्वमा निर्वाचनमा गएको कोइराला पक्षधर समुहले देउवा पक्षधर आशा विष्ट कार्कीको समुहलाई पराजीत गरेको हो ।
यसैगरी युवा समितिमा कोइराला पक्षधर बलदेव तामाङ नेतृत्वको समुहले देउवा पक्षधर सन्तोष गिरिको समुहलाई पराजीत गरेको हो । नेपाल टे«ड युनियन काँगे्रसमा देउवा पक्षधरको नेतृत्व खिलाराज दाहालले गर्छन् भनें कोइराला पक्षधरको नेतृत्व पुष्कर आचार्यले गर्दछन् ।
युवा समिति मा ३५ वर्ष मुनीका १ सय ९२ जनाले र महिलामा २ सय ७३ जनाले मतदान गरेका थिए ।