काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एकजना नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कनकाई नगरपालिका–४ सुरुङ्गाका खड्गप्रसाद सार्की रहेका छन् । गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिए । उनको गत पुस १३ गते राति सुतेकै ठाउँमा मृत्यु भएको बताइएको छ । मलेसियाको एक कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका सार्कीको शव नेपाल ल्याउन समस्या भएको भन्दै उनकी श्रीमती पवित्रा विकले सबैसँग सहयोगको याचना गरेकी छन् । रासस
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1