
मलेसिया, मंसिर १४ प्रवासमा दलितमाथि हुने छुवाछुत नभएपनि विदेशबाट फर्किएपछि नेपालमा त्यस्तो छुवाछुत हुन नदिन युवाहरु लाग्नु पर्ने आइतवार आयोजित एक कार्यक्रममा वक्ताहरुले वताएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आइतवार दलित एकता सञ्जालले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।
वक्ताहरुले जातीय भेदभाव प्रवासमा नभएपनि देशमा विद्यमान रहेकाले त्यसको अत्यका लागि जनचेतना जगाउन आवश्यक रहेको वताएका हुन् । मलेसियामा हालै गठन भएको सो सञ्जालको आफ्ना गतिविधि जानकारी गराउन आयोजित कार्यक्रममा सञ्जालका सदस्यहरुले सञ्जालको कार्यक्रम बताए ।
कार्यक्रममा वोल्दै नेपाली दुतवास मलेसियाका द्धितीय सचिव अरुण महतले मलेसियामा नेपाली संघ संस्था संख्यात्मक रुपमा धेरै भए पनि क्रियाशिल केही मात्र भएकाले प्रभावकारी रुपमा काम गरेर देखाउनु पर्ने बताए ।
आन्तरिक रुपमा नै दलितविच भेदभाव भएकाले त्यसको अत्यका लागि पनि सन्जाल लाग्नु पर्ने पत्रकार भुमीराज पराजुली वताए ।
सोही कार्यक्रममा जिफन्ट मलेसियाका संयोजक वेदकुमार खतीवडा,मजदुर अगुवा जनक विक,पत्रकार भुमीराज पराजुली,कृष्ण दैलेखी, दलीत अगुवाहरु सरु सुनार, गंगाराम सुनार, देव धमाला, राजेन्द्र विक, वादल खाती लगायतले आफ्नो धारणा राखेका थिए ।