यूएईका नेपालीले गरे सहयोग

रेशम लामा, रस अल खेइमा ( युएईको रस अल खेइमाबासी नेपालीहरुले कास्कीका मृगौला पीडित लक्ष्मण गुरुङलाई रु। ६० हजार सहयोग गरेका छन ।

एनआरएनए, रस अल खेइमा र नेपाली जनप्रगतिशिल मंच, रस अल खेइमाको संयुक्त पहलमा सो सहयोग गरिएको हो । लामो समय देखी मृगौलाको उपचार गराइरहेका गुरुङको आर्थिक अवस्थाले नभ्याउने भए पछी उनले देश बिदेशमा रहेका साथीभाइ तथा आफन्तजनहरुमा सहयोगको लागि अपील गरेका थिए ।

नियमित रुपले हप्तामा २ पटक अनिबार्य डायलासिस गर्दै आएका गुरुङको स्वास्थ्य स्थिती दिनप्रतिदिन गम्भीर बन्दै गईरहेको उनका आफन्त इचा तामु गुरुङ ९कुमार० लाई उदृत गर्दै पोखराका सन्तोष पौडेलले बताएका छन ।

गत अक्टोबर महिनामा मात्रै पनि रस अल खेइमहाबासीहरुले रस अल खेइमामा कम्पनी भित्रै काम गर्दागर्दै लडेर घाइते भएका झापाका हीरा बहादुर बुडाथोकीलाई आर्थिक सहयोग गरेका थिए । आपत बिपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पाउँदा आफुहरु खुशी भएको र भबवस्यमा पनि गर्दै जाने सो सहयोग संकलन अभियानका सदस्य हर्क चन्दले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: