 
                                                            काठमाडौं, ३० कार्तिक– वैदेशिक रोजगार विभागले नेपाली कामदारले म्यानपावर एजेन्सिविरुद्ध ठगीको उजुरी पर्ने वित्तिकै फरफारकको प्रयास नगरे म्यानपावरको कारोबार रोक्का गर्ने भएको छ । पीडित कामदारलाई द्रुत गतीमा न्याय दिलाउन विभागले यस्तो कदम चाल्न लागेको हो । विभागका महानिर्देशक विश्वनाथ ढकालका अनुसार एकातीर म्यानपावर एजेन्सिविरुद्ध ठगीको उजुरी पर्ने र त्यही म्यानपावरले सहज ढंगले कामदारको पुर्व तथा अन्तिम श्रमस्विकृति लिईरहेका छन् । उनका अनुसार कारोबार रोक्का भएपछि कामदार पठाउन नपाउने भएकाले कामदारको भिसाको म्याद सकिई लाखौं लगानी डुब्छ । कामदार विदेशमा अलपत्र पर्ने, बढी रकम तिर्ने, सम्झौताबमोजिम पारिश्रमिक तथा काम नपाउने समस्यामा पर्ने गरेका छन् । ‘ठगीको रकम आजभोलिनैं दिन्छु भन्न सकिदैन, समय लाग्छ,’ महानिर्देशक ढकालले भने ‘जुन समसया कामदारलाई परेको छ, तत्काल समाधान गर्छु भनेर प्रतिबद्धता भने गर्नुपर्छ, त्यो भयो भनेमात्र म्यानपावरले कारोबार गर्न पाउँछन् ।’ यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
 
                             
                                         
                                        