यूएईमा के कुरा लान पाइन्न ?

संयुक्त अरब र्इमिरेट्स (यूएई) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा केहि बस्तु ल्याउन पाउँदैनन् । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यूएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यूएईमा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको छ ।

१। कुनै पनि प्रकारको लागू वा नशालू औषधि वा मनोद्वीपक पदार्थ (Psychotropic Substances)

२। गांजा, भाङ, धतुरो र यी वस्तु मिसाएर वनेको कुनै परिकार वा अचार।

३। पान, पान पराग र खैनी।

४। नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधिहरु (Sedative Medicines) धेरै परिमाणमा अन्य औषधिहरु।

५। शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधिहरु।

६। अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभए तापनि ठूलो संख्यामा सिडिरडिभिडिहरू, आदि ।

७। यूएर्इमा एक लाख दिरहाम वा सो वरावरको विदेशी मुद्रा नगदै वा चेकरड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।

८। मर्चा, जांड, रक्सी, वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।

९। सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रमण (कम्पोजिशन), उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनिएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधिहरु ।

आफूले नित्य रुपमा खानुपर्ने औषधि साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला ।

(युएई स्थीत नेपाली दुतावासद्धारा सार्वजनिक जानकारीका लागि प्रकाशित सामग्री)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: