जेबी पुन, हंगकंग-हिजो राति विविसिका सहधर्मी महेश आचार्यले हगंकगंका नेपालीले यहाँ भैरहेको आन्दोलनमा भाग लिदा त्यसले हाम्रो एक चीन नीति प्रभावित पार्दैन ? भनि सोधेका थिए । त्यसबारेमा मैले यसअघि नै लेखिसकेकोछु । हिजो रातिको उनीसंगको अन्र्तवार्तामा पनि त्यो कुरा केहि मात्रामा भएपनि राखिदिएकोछु । बेईजिङले नेपाली आन्दोलनमा सहभागी भएकै कारण तिनलाई धपाईदिई देश फकाईदिन पनि सक्छ भन्दै सरकार पक्ष केहिले भुटानको सन्दर्भलाई हङकङमा ल्याएर फिट गरेको देखिन्छ । तर हङकङ र भुटानको आन्दोलनको चरित्रमै आकाश जमिनको फरक छ भन्ने यथार्थ ति तर्कहरुमा लुकाईएको छ । भुटानमा नेपालीहरुले गरेको आन्दोलन पहिचानमा आधारित थियो र त्यो एक्ला ति नेपालीहरुले नेतृत्व गरेका थिए जो त्यहाँको मंगोल मुलका शासकको भाषा, धर्म, संस्कार, संस्कृतिलाई आत्मसात गर्न चाहदैनथे । नेपाली जो त्यहाँका नागरिक नै थिए, तिनले हिन्दु धर्म, नेपाली पोशाक र नेपाली भाषाको सम्मानजनक रुपमा राज्यको स्वामित्वलाई लिएर आन्दोलन गरेकाथिए । त्यसको अर्थ ‘हामीलाई हाम्रो पहिचान प्रिय छ राज्यको एक नीति धर्म, भाषा, संस्कृति नीति हामी मान्दैनौ ‘भन्ने थियो । लामा बौद्ध धर्म अनुयायी राजाले लादेको बख्खु पोशाक र जोङ्खा भाषालाई लिएर ति नेपालीले विरोध गरेकाथिए । जुन आन्दोलन राजतन्त्र भएको त्यो एकदलीय राज्यमा त्यहाँको राष्ट्रिय नीति विरुद्ध थियो । अखण्डता विरुद्ध थियो । यद्यपि त्यो आन्दोलन समान अधिकारलाई उठाएर गरिएको लोकतान्त्रिक आन्दोलन थियो । तर अहिले हङकङमा कुनै नेपालीले यहाँ आफ्नो नेपालीपन बचाउन आन्दोलन गरिरहेका छैनन । तिनले यहाँ भुटानमा जस्तो आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति माथि अत्याचार भयो भन्दै रैली निकालेका छैनन । जसले यस्तो डर देखाईरहेका छन्, भुटान र हङकङको मुद्दालाई समान रुपमा ब्याख्या गरिरहेका छन् बरु तिनले बेईजिङ समर्थक दलको उक्साहटमा बेलाबखत नेपाली भाषा, संस्कृतिको चर्को माग राखि कार्यक्रम गरिहेकाछन्, बक्तब्यबाजी निकालिरहेकाछन् । लेख लेखिरहेकाछन् ।पत्रपत्रिकामा अन्र्तवार्ता दिईरहेकाछन् । लविङ गरिरहेकाछन् । स्थानीय हङकङबासी असहिष्णु र साम्प्रदायिक छन् भन्दै उनीहरुको छवि धुमिल्याउने कार्य गरिरहेकाछन् । डिएवीको एथ्निक मायनोरिटिज शाखा मार्फत त्यस्तो विषबमन गरिरहेकाछन् । स्थानीयसंगको नेपाली सम्बन्ध बिगार्न खोजिरहेका आरोप बरु ति माथि नै लगाईन्छ । हङकङको आन्दोलनमा सहभागी नेपालीहरु यहाँको ९० प्रतिशत जनताको स्वार्थका लागि हातेमालो गरिरहेकाहुन् । बेईजिङले आन्दोलनमा सहभागी भएकै भरमा कार्वाही गर्न खोजे उनीहरुको हङकङ बस्न पाउने अधिकारको रक्षा स्वंय यहाँको स्थानीयले गर्नेछन् भनि नेपालीहरुहरु विश्वस्त देखिन्छन् । तिनले यस्ता उदाहरण पनि दिईरहेकाछन् – ‘सिंगापुरले मलेशियाबाट छुट्टिदा थालेको पृथकतावादी आन्दोलनमा त्यहाँ बसोबास गर्ने अल्पसंख्यकहरुले सक्रिय भाग लिए । पछि सिंगापुर बनेपछि केहि भारतीयहरु माथि मलेसियन सरकारले उनीहरुलाई ‘तेरो सिंगापुर जा’ भनि कार्वाही गरेकोथियो । उनीहरुलाई सिंगापुरले ईज्जतका साथ आमन्त्रण गर्यो । तर हङकङको आन्दोलन न त पृथकतावादी हो न उग्रवादी । त्यसैले यहाँ त्यस्तो अवस्था आउने संभावना अत्यन्त न्यून छ । कथंकदाचित आई हालेपनि एक देश दुई नीति भएको हङकङबासीलाई केन्द्रिय सरकारले जे पायो त्यहि गर्ने हैसियत राख्दैन( सन २०४७ सम्म ।’ http://www.jbpun.com बाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1