मेरो दशैको यात्रा र नेपालको प्रशाशन

मैले दिल्लीबाट दशै मनाउन घर जानको लागि यात्रा सुरु गरे । भारतको यात्रा त राम्रै भयो । तर बुटवल पुगिसकेपछी भने गाउ जानुपर्ने भएकोले म गाडीको बारेमा बुझ्नको लागी चिनेको एउटा होटेलमा गयँ । अनि त्यहाँबाट अर्कोदिन बिहान साढेआठमा जीप जाने जानकारी पायँ । जीप पनि नयाँ र पहिलो पटक जान लागेको जानकारी पायँ । शिटपनी त्यहीबाट बुक हुने थाहा पायँ र रोकदिन भनेर त्यहाँबाट म लागे। मलाई अघिल्लो दिन भनेअनुसार म सबाआठमा पुगे र साढेआठमा त के गाडी सबानौमा त्यहाँ आयो । गाडी उतैबाट प्याक भएर आएको थियो । हाम्रो शिट खै भन्दा गाडी मालिकले भने यसमै मिलेर जाने बताए । अब त्यहाँ कि त अर्को दिन कुर्नुपर्थ्यो कि त्यसमैं जानुपर्ने बाध्यता थियो । किनकी सबै गडी छुटिसकेका थिए र त्यहाँ म लगायत सातजना थियौ ।     सबै त्यसमैं सकीनसकी बस्न बाध्य भयौ । तर त्यहाँ दोषि त हामी पनि थियौ । तर त्यहाँबाट हिडेपछी भने म दोष हामिलाई नभै प्रशाशनलाई दिन्छु । किनकी यदी शिट भन्दा बढी राख्न नदिने हो भने कुनैपनि गाडीले शिट भन्दा धेरै यात्रु राख्न खोज्ने थिएनन होला । हामी बुटवलबाट रिडी पुग्ने बेलासम्म कुनै पनि ट्राफिकले किन यती धेरै मान्छे हालेको भनेर सोधेन । किन यस्तो मौन हुन्छ नेपालको सुरक्षा दिने निकायहरु । जब रिडी पुगे, त्यहाँबाट उता कच्चीबाटो सुरु हुन्छ । त्यहाँ त यात्रुको सख्ंया कम हुनुपर्ने हो झन् छतमा पनि टन्नै थियो । यतिसम्मकि १६ देखी १७ जना राख्न मिल्ने गाडीमा ५० देखी माथी यात्रु राखेर लागियो । त्यहाँबाट जाँदा एक ठाउमा पुलिस चौकी थियो । तर त्यसलाई वास्ता गर्ने कोही भएन । मलाई लाग्यो कि हाम्रो देशमा यात्रा गर्दा कहिले सम्म त्यसरीनै गर्नु पर्ने हो । त्यसतर्फ कस्ले र कहिले ध्यान जाने हो कुन्नी। ठिक छ, त्यसबेला त पुलिसले नदेखेर छोडिदियो । तर फर्कदा पनि त्यस्तै भयो । सन्धिखर्क सम्म त राम्रैसँग आएँ । तर त्यहाँबाट गरुसिङ्गे सम्म जादा ४ देखी ५ ठाउँमा ट्राफिकनै हुन्छ । हामिलाई सन्धिखर्कको बेरियलबाटै गाडीमा बासालियो । त्यहाँ मैले त शिट पाय । तर म भन्दा पछी आउनेले शिट पाएनन । २० देखी २२ जना राख्न मिल्ने गडीमा ६० जना त्यहिनै पुगे । त्यहाँबाट गाडी हिड्यो । जिल्लाको सदरमुकाममा त गाडी चेकिङ हुँदैन भने गाउको हालत त झन कस्तो होला । अनि घुम्तिमा पुग्दा गाडीको छतमा पनि प्याक गरियो । त्यहाँबाट केही माथी पानीमा चेकिङ पोइन्ट थियो । त्यहाँ अलिकती बाटो छतको यात्रुलाई हिडाइयो । अनि अलिपरबाट फेरी छ्तमै बसालीयो । त्यहाँ पनि गाडीकोनै लापर्बाही भयो । पुलिसले देखेन तर जब गाडी खाना खाने ठाउमा रोकेर हिड्ने बेला भएको थियो तब त्यहाँ ट्राफिक दाइ आउनुभयो । उहाँ डिउटीमै हुनुहुन्थ्यो । उहाँले गाडीको मान्छेलाई बोलाएर खै के–के कार्बाही गर्नुभो कुन्नी कि गाडीले उहाँकै अघीनै सबैलाई राखेर गाडी हिड्यो । हिडि सकेपछी पथ्थरकोटको चेकिङमा ता यात्रुनै नझारी चेकिङ भयो । त्यहाँ मलाई अचम्म लाग्यो कि आखिर के–को चेकिङ हो त्यहाँ । खैर गाडीले त्यहाँको चेकिङ पनि पार गर्यो सजिलै तर गरुसिङेबाट भने आफैले छ्तको सभारीलाई भित्र राख्यो अनि बुट्वल पुग्न सफल भयो । यो त्यस दिनकोमा त्र होइन त्यहाँ सधैजसो यस्तो हुन्छ र त्यहाँको त्यस यातायातको सुरक्षा दिने निकाए भने दुर्घट्ना हुने बेला भने हाम्रो गल्ती छैन भनेर चालकलाई दोष दिएर उम्किन्छ। म भने त्यस किसिमका दुर्घट्ना पुरै पुलिस प्रशासनको भनेर ठोकुवा गर्छु किनकी सवारी चालक र सवारी धनीहरुलाई नियम उल्लघन गर्दा कडा कार्बाही गर्ने हो भने दुर्घटना कम हुने थियो र म जस्ता हजारौ यात्रुले नेपालमा यात्रा गर्दा सुरक्षा महशुश गर्ने थियों जस्तो लाग्छ। डीके पाण्डे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: