कोरियाको दोस्रो रोजाईमा नेपाल: ली

रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरीया जान आवेदन दिएकाहरुको भाषा परिक्षा गएको शुक्रबार र शनिबार सम्पन्न भयो । भाषा परिक्षामा करिब ६० हजार युवा सहभागि थिए । भाषा परिक्षाको अनुगमन गर्न नेपाल आईपुगेका कोरियाका मानव संशाधन बिकासका उपाध्यक्ष चुन बोक लीसँग देशपरदेशका लागि विनोद चौलागाईले गरेको कुराकानी । सधैं कोटा तोकिए पनि यसपाली चाहिँ किन नतोकिएको हो ? आवश्यक पर्ने जनशक्तिका बारेमा विचार गरेर अलि उपयुक्त संख्यामा छनौट गर्ने हाम्रो नीतिगत निर्णय भएकाले गत बर्ष भन्दा यो बर्षको भाषा परिक्षामा अलि कम उत्तिर्ण हुन सक्छन् । तर, दक्षिण कोरियामा नेपाली कामदारले इमान्दारिताका साथ राम्रो काम गरेका कारण रोजगारदाता माझ लोकप्रियता बढ्दै गएको छ । त्यसकारण कम्तीमा पनि ३५ सय व्यक्ति यो बर्ष छनौट हुन्छन् । र अर्को बर्षको अन्तिमसम्ममा ३–४ हजार व्यक्ति जाने सम्भावना छ । सन् २०१३ मा भाषा परिक्षा पास गरेकाहरुका बारेमा के सोच्नुभएको छ ? गत बर्ष भाषा परिक्षा पास गरेका करिव ८ हजारमध्ये अहिले ४ हजार ५ सय जना जाने प्रक्रियामा छन् । अर्को बर्ष पनि गएको बर्षको रोष्टरमा बाँकी रहेकाहरु र अहिलेको गरी ४ हजार ५ सयजना हाराहारीमा जाने देखिन्छ । आउँदो अक्टुबर १५ मा परिक्षाको नजिता प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्यसबेलामा समग्र कामदारको माग कति छ भन्ने कुरालाई अध्ययन गरेर कति कोटा आवश्यक पर्छ भन्ने लगायत कुराहरुलाई संयुक्त रुपमा अध्ययन गरेर त्यसको आधारमा संख्या तोक्ने योजना रहेकाले कोटा अग्रिम रुपमा प्रकाशित नगरिएको हो । समग्रमा गतबर्षको तुलनामा कोरियामा रोजगार पाउनेहरुको कोटा कम हुने सम्भावना छैन् । बरु बढि हुनसक्छ । नेपाली कामदारका लागि कोरियाको रोजगारी कहिलेसम्म निरन्तर रहने सम्भावना छ ? कोरियन रोजगारदाताको माग बढेकाले अहिले नेपाली कामदार रोजगार हुने दर बढेको छ । अन्य देशले तोकिएको कामदारको कोटा पूरा गर्न नसकेकाले नेपाल र कम्बोडियाका कामदारलाई फाइदा भएको छ । बाँकी रहेको कोटामा नेपाली कामदारप्रति रोजगारदाताको उच्च प्राथमिकता छ । कोरियन भाषाप्रति नेपाली कामदारको रुचि यसरी नै बढ्दै जाने हो कोटा बढ्न सक्छ । साथै, भाषा परिक्षामा उच्च अंक ल्याएर र कोरियामा इमान्दारीताका साथ अवैधानिक बसेनन भने निरन्तरता रहिरहने हाम्रो अनुमान छ । विशेष गरेर अहिले नेपाली कामदारले गैरकानूनी रुपमा नबस्ने गरी कोरिया र नेपाल सरकार दुवैले संयुक्त रुपमा काम गरिरहेको छ । यो कामले कोरियाको रोजगारी नेपाली कामदारका लागि बढ्ने देखिन्छ । प्राथमिकताका हिसावले नेपाली कामदारको स्थान कस्तो छ ? अहिले छुट्याइएको कोटामा नेपाल दोस्रो स्थानमा छ । रोजगारी हुने दरमा चाहिँ नेपाल तेश्रो स्थानमा छ । कम्बोडिया र इण्डोनेसिया नेपालभन्दा अघि छ । कोटाका हिसावले कम्बोडिया मात्रै नेपाल भन्दा अघि छ । शुरुमा भियतनाम अगाडी थियो । तर भियतनामी कामदार अवैधानिक रुपमा धेरै बस्न थालेपछि त्यहाँबाट कामदार लिने काम स्थगित भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय